२८ जेष्ठ पथरी/
मदन भण्डारी स्मृति प्रतिष्ठान अन्तरगत स्वास्थ्य विज्ञान क्याम्पस दमक–८ ताराबारीमा अध्ययनरत सामान्य चिकित्सा शास्त्र तेस्रो वर्षका विद्यार्थीहरुले बुधबार लेटाङ–भोगटेनी–७ स्थित नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र लेटाङ–भोगटेनीमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

स्वास्थय शिविरका विद्यार्थीहरुले विभिन्न रोगहरुको बारेमा जानकारी गराएका थिए । यस्तै,रोग सम्बन्धि चेतना फैलाउने उद्देश्यले उनीहरुले पर्चा समेत वितरण गरे ।
स्वास्थ्य शिविर कार्यक्रममा स्वास्थ्य विज्ञान क्याम्पस तारावारीका व्यवस्थापन समितीका संयोजक अग्नि भट्टराई,स्वास्थ्य विज्ञान क्याम्पसका प्रमुख गोविन्द भट्टराई,क्याम्पसका लेखा प्रशासन अधिकृत मुक्ति दाहाल,क्याम्पसका कोओर्डिनेटर राजिवरञ्जन कर्ण,प्रशिक्षकहरु शैलेन्द्रकुमार सिहं,सनम खड्का,डिल्लि पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।
शिविरमा तीन सय भन्दा बढि विरामीहरुको स्वास्थ्य परिक्षण गरिको विद्यार्थी सुजता लुङ्गेलीले बताउनुभयो ।
मदन भण्डारी स्मृति प्रतिष्ठान अन्तरगतको स्वास्थ्य विज्ञान क्याम्पस ताराबारीमा २०६१ सालदेखि सामान्य चिकित्सा पढाई हुदै आएको छ । हालसम्म २८१ जना साहायक चिकित्सक क्याम्पसले उत्पादन गरिसकेको क्याम्पसका प्रमुख गोविन्द भट्टराईले जानकारी दिनुभयो । यस्तै,सोही कलेज बढेका २८ भन्दा बढि विद्यार्थीहरु हाल एमविविएसको पढाइ पुरा गरिसकेको भट्टराईले बताउनुभयो ।
यस्तै,आगामी ३० गते सोही क्याम्पसमा अध्ययनरत सामान्य चिकित्सा शास्त्रको नवौा ब्याजका विद्यार्थीहरुले उर्लाबारी–१ आइतबारे स्थ्ति उर्लाबारी बहुमुखी क्याम्प्समा नि:शुल्क स्वास्थ्य शिविरको कार्यक्रमको आयोजना गर्दैछन् ।
Post a Comment