भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुननिमार्णका लागि नुवाकोटमा रहेको कांग्रेस रुपन्देहीको टोलीले धमाधम विद्यालय निमार्णको कार्यलाई तिब्रता दिएको छ । यसअघि जिल्लाको जुलिग गाविसमा रहेको कल्याणी उच्च मावीको टहरा निमार्ण गरि हस्तान्तरण गरेको छ भने अहिले फेरि
नुवाकोट कै चौधडाको क्षेत्रपाल उच्चमावीका लागि अस्थायी संरचना निमार्ण भैरहेको छ ।
आजबाट निमार्ण थालिएको उक्त विद्यालय निमार्णको कार्य सकिएपछि हस्तान्तरण गरिने नेपाली कांग्रेस रुपन्देहीका सचिव हिरा वहादुरखत्रिले बताउनु भयो ।

पार्टिको केन्द्रीय कार्यक्रम अनुसार पुर्नस्थापना तथा पुर्ननिर्माण अभियानका क्रममा कांग्रेस रुपन्देही भूकम्प प्रभावितको सहयोगका लागि नुवाकोट गएको हो । कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकको नेतृत्वमा गएको टोलीमा जिल्ला सचिव हिराबहादुर खत्री, सदस्य गिरिराज पाठक, शिवराम न्यौपाने तथा पार्टिका भातृभगेनी संघसस्थाका प्रतिनिधि भवन निर्माण मजदुरलगायत गरि करिव ५० जनाको सहभागिता रहेको पार्टि जिल्ला सचिव हिरा व केसीले बताउनु भयो ।
टोलीले दुई ट्रक घर बनाउन प्रयोग हुने बाँस, जस्ता काटि, कब्जा लगायतका सामग्री समेत लिएर गएको र भोलीबाट नुवाकोटको विदुर नगरपालिका ३ भिमसेन थानमा विद्यालय निमार्ण थाल्ने भएको छ ।
Post a Comment