Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मानव बेचबिखन गर्ने तस्करहरुले नयानया तरिका अपनाएर युवतीहरुलाई विराटनगर सिमा कटाउने गरेको थप प्रमाण भेटिदै

२४ जेष्ठ,  विराटनगर /
मानव बेचबिखन गर्ने तस्करहरुले नयानया तरिका अपनाएर युवतीहरुलाई विराटनगर सिमा कटाउने गरेको थप प्रमाण भेटिएको छ ।
युवतीहरुलाई जागीर लगाइदिने प्रभोलनमा पारेर सिमा कटाएर खाडी मुलुक लाने गरेको खुलासा भएको हो । १ हप्ता भित्र मात्र त्यसरी सिमा कटाउन लागिएका ९ जना युवतीहरुको विराटनगरमा उद्धार गरिएको छ । गएको बुधबार ५ जना र शुक्रबार ४ जना गरी ९ जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । प्रहरी प्रशासन र महिला तथा बालबालिका बेचबिखन विरुद्ध काम गर्ने संस्थाहरुले सिमा नाकामा कडाइ गर्न थालेपछि अहिले मानव तस्करहरुले देशका विभिन्न भागबाट समूहमा ल्याइएका युवती तथा महिलाहरुलाई एक्लाएक्लै बोर्डर कटाउने र जोगबनीपारी पुगेपछि समूहगतरुपमा दिल्लीसम्म लाने गरेको भेटिएको छ ।
के आइ नेपाल, साना हातहरु र इलाका प्रहरी कार्यालय रानीको पहलमा शुक्रबार उद्धार गरिएका ४ जना सबै सुनसरी धरानका १६ बर्षदेखि ३० बर्ष सम्मका युवतीहरु रहेका छन् । मानव तस्करहरुले उनिहरुको निशुल्क पासपोर्ट बनाइदिनुका साथै आवतजावत भाडा समेत तिरेर दिल्ली एयरपोर्ट हुंदै खाडी मुलुक पु¥याउदै आएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget