Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

यौनरोगको बारेमा बुझौँ

परिचय

यौनरोग भन्नाले यौन प्रसारित रोगहरु भन्ने बुझ्नुपर्दछ । साधारणतया यौनरोग लागेको व्यक्तिसँग यौन सम्पर्क गर्दा सर्ने रोगहरुलाई यौनरोग भनिन्छ । जस्तै: भिरङ्गी, धातुरोग, जननेन्द्रीय, मुसा आदि । खासै ठूलो रोग नसोचिए पनि यसको दीर्घकालीन असर खतरनाक हुन सक्दछ । यसको प्रभावबाट सन्तान उत्पादन प्रणालीलाई असर गरी बाँझोपन, पुरुषमा पिसाब फेर्न गाह्रो हुने तथा अन्धोपन, मुटुको रोग, क्यान्सर र मृत्युसम्म हुन पुगेको तथ्य हामीसँग छर्लङ्ग छ । यौनरोग लागेको आमाबाट जन्मेका बच्चामा अन्धोपन आउनु, तौल कम हुनु, मरेको बच्चा जन्मनु वा जन्मजात भिरङ्गीको शिकार भएको पाइएको छ ।

यौनरोगका लक्षणहरु

महिलामा हुने प्रमुख लक्षणहरुमा योनीबाट असाधारण सेतो दही जस्तो गन्हाउने पानी बग्नु (महिलामा थोरै सेतो पानी बग्नु सामान्य हो), तल्लो पेट दुख्नु, यौन सम्पर्क गर्दा तल्लो पेट दुख्नु, महिनावारीबाहेक योनीबाट रगत बग्नु । पुरुषमा हुने प्रमुख लक्षणहरुमा लिङ्गबाट बाक्लो पिप जस्तो पानी बग्नु, पिसाब गर्दा दुख्नु पोल्नु, पिप जस्तो पानी बग्नु, पिसाब गर्दा दुख्नु पोल्नु, लिङ्गवरिपरि गिर्खा र पानीफोका आउनु, चिलाउनु, अण्डकोष दुख्नु (पुरुषको लिङ्गमुण्डको चारैतिर रहेका राता साना बिमिराहरु सामान्य हुन् ।) महिला–पुरुष दुवैका साझा लक्षणहरुमा यौन अङ्ग र मुखवरिपरि घाउ–खटिरा आउनु, पिसाब फेर्दा पोल्ने वा दुख्ने हुनु, निरन्तर थकाइ लाग्नु, टाउको दुख्नु, घाँटी दुख्नु, ज्वरो आउनु, जीउ दुख्नु, गुप्ताङ्गवरिपरि सुन्निनु ।

यौनरोग सर्ने माध्यमहरु

सबैजसो यौनरोग यौन सम्पर्कबाट नै सर्दछ । यदि एक व्यक्ति सङ्क्रमित छ भने उसले आफ्नो साथीलाई वीर्य, योनीरस तथा रगतबाट सार्न सक्दछ । यसबाहेक छालासँगको सिधा सम्पर्कबाट पनि सर्न सक्छ । पुरुष–पुरुष, महिला–महिला, महिला–पुरुषमा सर्दछ ।

यौनरोगबाट बँच्ने उपाय र उपचार

हामीलाई ज्ञात भएकै हो, रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिन सावधानी अपनाउनु उत्तम हो । यौनसँगको सम्बन्धमा त यो झनै सान्दर्भिक देखिन्छ । धेरैजनासँग असुरक्षित यौन सम्पर्क नराख्ने, यौनरोग देखिएकासँग यौन सम्पर्क नराख्ने, आकस्मिक रुपमा अथवा राम्रोसँग नचिनेको व्यक्तिसँग यौन सम्पर्क नराख्ने, यौन सम्पर्क राख्नै परे कन्डमको प्रयोग गर्ने, गुप्ताङ्गमा घाउ छ, सुन्निएको छ वा गाँठो छ भने तुरुन्त डाक्टरलाई देखाउने, यौनरोगको औषधिको पूरा मात्रा सेवन गर्ने, औषधिले निको नभएमा डाक्टरलाई पुन: भेट्न जाने, आफूसँगै आफ्ना सम्पूर्ण यौन साथीको उपचार सँगसँगै गर्नुपर्छ । यौन सम्पर्क गरेपछि गुप्ताङ्ग सफा गर्ने ।

यौनरोग र एड्स

यौनरोग भइसकेका मानिसलाई एड्स लाग्ने सम्भावना अत्यधिक पाइएको छ । यौनरोग लागेका महिला वा पुरुष भएमा कण्डमको प्रयोग गर्दा पनि एड्स सर्नसक्ने अवस्था देखिन्छ । हुन त मानिसले कण्डम प्रयोग गरिसकेपछि आफू सुरक्षित यौन सम्पर्क गर्दैछु भन्ने सोच राख्दछ तर एउटा बुझ्नैपर्ने कुरा के छ भने महिलाको योनीरस पुरुषको कण्डम लगाएको लिङ्ग बाहिरको घाउ–खटिरामा लागेर पनि एड्स सर्न सक्दछ । अर्को कुरा, यौन सम्पर्क गर्दा यौनरोगीका गुप्ताङ्गमा हुने घाउ–खटिराबाट रोग सर्ने सम्भावना अझ प्रबल देखिन्छ । पुरुष–पुरुष, महिला–पुरुषबीच हुने अप्राकृतिक यौन सम्पर्क (जस्तो: गुदा मैथुन, मुख मैथुन) मा शरीरका तन्तुमा बढी क्षति पुगेर अझ सजिलै यौनरोग सरेको अध्ययनहरुबाट पत्ता लागिसकेको छ ।

यौनरोग, एड्स र भीसीटी

भीसीटी अर्थात् स्वेच्छिक परामर्श तथा परीक्षण यौन तथा एड्स रोग पत्ता लगाउन प्रयोग गरिने पद्धति हो । यस पद्धतिमा तपार्इंको गोपनीयता भङ्ग नगरी तपाईंलाई जाँच गरिन्छ । जाँच गर्नुअघि तपाईंलाई परामर्श दिइन्छ । तपाईंको आत्मविश्वास वृद्धि गरिन्छ र परीक्षणपश्चात् आएको नतिजाअनुसार तपाईंलाई सहयोग, सल्लाह र उपचार प्रदान गर्ने काम गरिन्छ । तपाईंले नजिकैको भीसीटी केन्द्रमा गएर यी कामहरु गर्न सक्नुहुन्छ ।

वैदेशिक रोजगारी र यौनरोग एड्स

वर्तमान अवस्थामा कैयांै नेपालीहरु काम, अध्ययन तथा पर्यटकीय हिसाबले विदेश जाने प्रचलन ह्वात्तै बढेको छ । विदेशिएका साथीले राम्रै रुपमा घरपरिवारलाई पैसा पठाउने गरेको पाइन्छ । यसले परिवारको आर्थिक अवस्था सुध्रिएको छ । देशले प्रशस्त रेमिटेन्स सङ्कलन गरेको छ । तर अर्को पक्षलाई नियाल्दा परिवारबाट टाढा रहँदा आफ्नो यौन प्यासलाई मेट्न असुरक्षित यौन सम्पर्क राख्ने गरेको कुरा त तपाईंहरुले सुन्नु र भोग्नुभएकै छ । जब घर फर्किनुहुन्छ, तपाईंले आफ्नो परिवारलाई यौनरोग र एड्स उपहार दिएको त हामीले प्रशस्तै देखेका छौं । यो त्यति व्यापकता नपाएको राष्ट्रको गम्भीर स्वास्थ्य समस्या हो । अब विदेशबाट फर्किएपछि एकपटक भीसीटी छिरेर मात्र यौन सम्पर्क राखी परिवारलाई बाचाउने बेला भएन ? स्वास्थ मन्त्रालय सम्हालेर बसेका आदरणीय विद्वत् वर्गले यो विषयवस्तुलाई व्यापक गरिदिए साँच्चै भविष्यको विकराल स्वास्थ्य समस्यालाई रोक्न सकिन्थ्यो कि, ढिला भइसकेन र ?

-डा. सूर्य पराजुली
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget