Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पुनःस्थापना गरिए संगै चर्पी र खानेपानीको व्यवस्था

संखुवासभा,१९ जेठ/

बैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पपछि विस्थापित भएका सिसुवाखोला–७ याङसिमा ६२ परिवारलाई पुनःस्थापना गरिए संगै चर्पी र खानेपानीको व्यवस्था मिलाईएको छ। हिमालय नेचुरल फाउन्डेसनले चर्पी र खानेपानी उपलब्ध गराउने भएको छ। उनीहरुलाई नजिकैको रेमशिलाडाडामा पुनःस्थापनापछि सोहि ठाउमा चर्पी र खानेपानीको व्यवस्था हो।

घर निर्माण गर्न त्रियोग युवा क्लब १२ लाख र जिविसबाट ५ लाख जस्तापाता वितरण गरिए पनि चर्पी र खानेपानीको कुनै व्यवस्था नगरिएको भन्दै आफुहरुले चर्पी र खानेपानी व्यवस्था मिलाएको हिमालय नेचुरल फाउन्डेसनका व्यावस्थापक छेदर भोटियाले बताए। ’खानेपानी,चर्पी तथा सरसफाईको लागि धारा र चर्पीका सामानहरु उपलब्ध गराएका छौ ’ उनले भने। पुनःस्थापना गरिएको ठाउमा पानी ल्याउन ३२ एमएमको १ हजार मिटर पाइप ५ सय लिटरको ४ वटा हिलट्याङ्क,३० बोरा सिमेन्ट,६२ थान रंगीन जस्तापाता र १० वटा धाराको सेट उपलब्ध गराएको छ। धारा र चर्पी निर्माण गर्न भने स्थानियले श्रमदान गर्नु पर्ने उनले बताए । सामान ढुवानी गर्न हेलिकप्टर नै चाहिने भएकाले आवश्यकपहल भईरहेको सभासद तारामान गुरुङले बताए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget