Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अधिकांश मानिस जमिन मुनि अण्डरग्राउण्ड भएर बस्छन्

काठमाडौं ,जेष्ठ २०/

संसार धेरै ठूलो छ साथै रंगीन पनि छ । जहाँ धेरै प्रकारका मानिस आ–आफ्नो तौर–तरिकाबाट जिउने गर्छन् । दक्षिण अस्ट्रेलियामा कूबर पेडी नामको एक सानो गाउँ छ ।
156

यो गाउँको विशेषता भनेको यहाँ अधिकांश मानिस जमिन मुनि अण्डरग्राउण्ड भएर बस्छन् । यहाँ सेता चट्टानी ढुंगाको कयौं खानी छन् । एक्लै कूबर पेडीमा मात्रै ७० भन्दा बढी सेता ढुगांका मैदान छन् । र सेता ढुंगाको उत्खननका लागि यो विश्वकै सबैभन्दा ठूलो क्षेत्र हो ।
यहाँ बढीजसो अण्डरग्राउण्ड प्रणालीबाट खानी उत्खनन् हुन्छ । अर्थात जमिनमुनि बसेर उत्खनन गरिन्छ । खानी उत्खनन्लाई ध्यानमा राखेर मजदुरहरुले केही वर्षपहिले घर बनाएर बस्न सुरु गरेका थिए । अहिले जमीनको मुनि यी घरहरुमा सबै सुख-सुविधाहरु उपलब्ध छन् ।
यहाँ करिब १५०० वटा यस्ता घरहरु निर्माण गरिएका छन् । जसमा ३५०० भन्दा बढी परिवारहरु बस्ने गर्छन् । यी घरहरुलाई ‘डग आउट्स’ भनिन्छ । यहाँ गर्मी मा न त एसी चाहिन्छ । न हिउँदमा हिटर चाहिन्छ । जमीनमुनि सधै तापक्रम एउटै अनुकुल हुने गर्दछ ।
अण्डरग्राउण्ड घरहरुका साथै यहाँ स्टोर, बार, क्यासीनो, म्यूजियम र चर्चका साथै धेरै संरचनाहरु निर्माण भएका छन् । यहाँ कयौं हलिवुड फिल्म समेत शुटिङ भएका छन् । ‘पिच ब्लैक’ नामको फिल्म पनि यही शुटिङ भएको थियो ।
‘पिच ब्लैक’ शुटिङ भएपछि यो ठाउँको विशेषता बाहिर आएको समाचार एजेन्सीले जनाएका छन् । अहिले यो क्षेत्र पर्यटकीय नगरी बनेको छ । यहाँ दिनहुँ पर्यटक पुग्ने गरेका छन् । एजेन्सी
हेर्नुस जमिन मुनिको बस्ती तस्वीरमा -

15

14

12

11

10
9
8

7

6

5
5
4
2
1
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget