Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सडकखण्ड मर्मत गर्न माग गर्दै धनुषा र महोत्तरीवासी आन्दोलित

२४ जेठ ,जनकपुर /

 

जनकपुर भिठ्ठमोर सडकखण्ड मर्मत गर्न माग गर्दै धनुषा र महोत्तरीवासी आन्दोलित भएका छन् ।

सुन्दर अभियानको अगुवाईमा उनीहरुले आज महोत्तरीको पिपरामा एकघण्टा जक्का जाम गरेका छन् । स्थनीयले विहान साढे ९ बजे देखि साढे १० बजेसम्म चक्काजाम गरेका हुन् । धार्मिक एवम् ऐतिहासिक महत्वको जनकपुर भिठ्ठामोर सडक–खण्डबाट प्रत्येक दिन हजारौं सवारी सधान आवत–जावत गर्ने गरेपनि सडक जिर्ण भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । स्थानीयका अनुसार सडक जिर्ण भएकाले पटक–पटक दुर्घटना समेत हुने गरेको छ । सडक निर्माणका लागि सरोकारवाला निकायमा पटक–पटक धाउँदा समेत कुनै सुनवाई नभएपछि स्थानीयवासी आन्दोलित भएका हुन् ।

सडक मर्मत नहुँदा आवत–जावतमा समस्या हुने गरेको छ भने स्थानीयले सुख्खायाममा धुलो र वर्षा याममा हिलोको समस्या झेल्नु परेको छ । सरोकारवाला निकायले सडक निर्माणका लागि ध्यान नदिएपछि महोत्तरीवासीले थालेको आन्दोलनमा जनकपुरवासीहरुले समेत समर्थन जनाएका छन् ।

महोत्तरीको सदरमुकाम जलेश्वरबाट भिठ्ठामोर हुँदै भारतसम्म जोडिने सडक मर्मतका लागि पटक–पटक ठेक्का लाग्ने गरेको भएपनि काम भने हुन सकेको छैन ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget