स्विडेन ,२० जेष्ठ २०७२/
स्विडेनको भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको गाडीहरुको समूह सडक दुर्घटनामा पर्दा नौ व्यक्तिलाई सामान्य चोट लागेको जानकारी स्विडेनका प्रहरीले दिएका छन् ।
मङ्गलबार राष्ट्रपति मुखर्जी उपसाला विश्वविद्यालयमा आयोजित कार्यक्रममा भाग लिन त्यसतर्फ गइरहेको समयमा भएको दुर्घटनामा उनि तथा अन्य उच्चपदस्थ अधिकारीलाई चोट नलागेको उपसालाका प्रहरी प्रवक्ता क्राइस्टर नोर्दस्ट्रमले बताए ।

राजमाग छोडेको केही समयपछि नै गाडीहरुको समूहका चार कार एकआपसमा ठक्कर खएको नोर्दस्ट्रमले बताए ।
उपसाला स्टकहोमबाट ६५ किलोमिटर उत्तरमा अवस्थित छ र राष्ट्रपति मुखर्जी स्विडेन भ्रमणको अन्तिम दिनमा उक्त क्षेत्रको भ्रमणमा पुगेका हुन् ।
दुर्घटनाले राष्ट्रपति मुखर्जीको कार्यक्रममा प्रभाव नपारेको र उनि मङ्गलबार स्विडेनबाट प्रस्थान गरेको जानकारी दिइएको छ । रासस/एपी
Post a Comment