Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अखिलले मोरङले प्रभावित १० हजार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने

एमाले अखिलले भूकम्प प्रभावित १० हजार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने भएको छ ।
भूकम्पवाट अति प्रभावित गोरखा , सिन्धुपाल्चोक र दोलखाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने लागिएको अखिल मोरङका संयोजक गोकर्ण घिमिरेले जानकारी दिनुभयो । अखिलले विराटनगर र आसपासका विद्यालयका विद्यार्थीवाट शैक्षिक सामाग्री संकलन गरि वितरण गर्न लागिएको घिमिरेले वताउनुभयो । उहाँका अनुशार अहिले सम्म ५० हजार थान कापी , ३० हजार थान पेन्सील , ३० हजार थान वलपेन , इरेजर , कटर लगायतका शैक्षिक सामाग्री वितरण गर्न लागिएको हो ।
प्रत्येक विद्यार्थीलाई कापी ५-५ थान र अन्य आवश्यक सामाग्री वितरण गर्ने तयारी गरिएको अखिलका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज भास्कर खनालले जानकारी दिनुभयो । अखिलले एक साता देखि विद्यार्थीवाट शैक्षिक सामाग्री संकलन गरिरहेको खनालको भनाई छ ।

अखिलले बुधवार पत्रकार सम्मलेन गर्दै संकलन शैक्षिक सामाग्री भोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने तयारी भएको जनाएको छ । संयोजक घिमिरेका अनुशार अखिलका केही कार्यकर्ताहरु शैक्षिक सामाग्री संकलन र केही प्रत्येक विद्यार्थीका लागि प्याकिङमा व्यस्त छन । भूकम्प प्रभावितका लागि खाध्यान्न र सहयोग रकम संकलन गरिरहेका वेला अखिलले विद्यार्थी लक्षित कार्यक्रम गरेको केन्द्रिय सदस्य खनालले वताउनुभयो
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget