Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हिन्दुवादीहरुको भारतमा बैठक सम्पन्न, बिभिन्न निर्णय सार्वजनिक



२८  जेठ , विराटनगर /
नेपालका  ठुला दलहरुले हिन्दुराष्ट्र घोषणाको मुद्धालाई छलफलको विषय नै नबनाई आफ्नो संगठनलाई अपमुल्याङ्कन गरेको भन्दै हिन्दुवादी संगठनहरुले त्यसको बिरोधमा भारतको गोरखपुरमा बैठक सम्पन्न गरेका छन् ।

प्रमुख दलहरुले देशलाई धर्मनिरपेक्षताको दलदलमा फसाउन खाजेको र विश्वमा एकमात्र रहेको हिन्दुराष्ट्रलाई शक्ति र एकल स्वार्थको भरमा समाप्त पार्ने खेल खेलिरहेकोले त्यसको शशक्त प्रतिकारका लागि नेपाल शिव सेनाका संयोजक माधवप्रसाद भण्डारीको नेतृत्वमा हिन्दुमोर्चा गठन गरेको छ ।


हिन्दु सेना नेपालका संयोजक केशव केशी ,श्रीराम सन्त समाज अध्यक्ष कपिल बाबा हिन्दुवाहिनी नेपाल संयोजक रणध्वोज कुँवर र रणवीर सेनाका उपाध्यक्ष चक्रधरसिंह लगायत बिभिन्न हिन्दुवादी संस्थाका प्रतिनिधीहरु रहेको मोर्चाले विज्ञप्ति मार्फत जनाएको छ ।
उक्त भेलामा भारत साथै बंगलादेशका हिन्दुवादी संघसंस्थाका प्रतिनिधीहरु समेत बाक्लो उपस्थिती रहेको बताइएको छ । बैठकपछि मोर्चाले आफ्नो निर्णयहरु विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

‘देशले बैशाख १२ को भुकम्पबाट ठुलो क्षति ब्याहोरि रहेको अवस्थामा तमाम नेपाली आमाबुवा तथा दाजुभाई दिदी बहिनीहरुको गाँस र बास खोसिएको छ ,मोर्चाका संयोजक भण्डारीले भने, गास बासको उचित व्यवस्थापन गर्नुको साटो आफुसँग बाकि रहेको धर्म समेत लुट्ने तर्फ ठुला राजनितिक पाटीहरु तल्लिन छन् । त्यसका लागि मोर्चा कडारुपले प्रतिकारमा उत्रने छ । ’
२२ र २५ प्रतिशत जातले प्रभुत्व जमाएको क्षेत्रलाई एकल जातिय राज्य दिनुपर्छ भन्ने माग राख्दै आन्दोलन गरिआएका राजनितिक पार्टीका नेताहरुले ८३ प्रतिशत हिन्दुहरुको बाहुल्य भएको सिंगो देश नेपाललाई किन हिन्दुअधिराज्य नेपालको नामाकरण गर्न सकिरहेका छैनन्,यसमा क—कस्को के के स्वार्थ छ ? मोर्चाको चारदलिय पार्टीहरुलाई प्रतिप्रश्न छ ।
हिन्दुराष्ट्र नेपाल दिलाउछु भन्दै भोट माग्नेहरुलाई सदन छोडि सडकमा सँगै सहयात्रा गर्न मोर्चाको आग्रह छ । अन्यथा त्यस्ता पार्टी तथा संगठनहरुलाई मोर्चाले कारवाहि गर्ने भण्डारीले चेतावनी दिएका छन् ।

मोर्चाले २०७२ बैशाख १२ को भुईचालोमा गाउँ गाउँमा क्षतिग्रस्त मठमन्दिर गुम्बा लगायत मस्जिद समेत ६ महिनाभित्रमा पुर्ननिर्माण गर्ने संकल्प गरि हिन्दु सेनाको संयोजकत्वमा ३ सदस्यीय पुर्ननिर्माण समिती गठन गरेको छ । यसका साथै भुईचालोमा दिवंगत भएकाहरुको आत्माको चिरशान्तिको लागि कामना गर्दै संकटको घडीमा अहोरात्र खटिनुहुने सुरक्षाकर्मी,सञ्चारकर्मी,देशी विदेशी संघ—संस्थाहरु लगायतलाई आउदो महाशिवरात्रि अवसर पारेर विशेष सम्मान गर्ने तयारी समेत जनाइएको छ ।
मोर्चाले हिन्दुराष्ट्रको अभियानमा केहि वर्षअघि बिरगंजमा मारिएका काशी तिवारीको परिवारलाई वार्षीक रु. ५ लाख प्रदान गर्ने र काशी तिवारीलाई नेपालको पहिलो हिन्दु सहिदको रुपमा सम्मान गर्ने घोषणा गर्दै हिन्दुराष्ट्रको स्थापनार्थ कार्यक्रम गर्ने क्रममा पक्राउ तथा बेपत्ता पारिएकालाई तत्काल रिहाई तथा सार्वजनिक गर्न समेत सरकारलाई अनुरोध गरिएको छ ।
उसले हिन्दु राष्ट्रको शुनिश्चितता नभएसम्म नेपाल सरकारबाट गरिने संविधान निर्माण सम्बन्धी सम्पुर्ण कार्यक्रमहरुको कडा बिरोधमा उत्रने समेत जनाएको छ ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget