Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मानव तस्करको गिरोह सक्रिय

यज्ञराज अधिकारी
बरगाछी २४ जेष्ठ/

भुकम्पले देश आहात भएको अवस्थामा मानव तस्करको गिरोहहरु सत्रिय बनेका छन् ।
नेपाल भारत सिमावर्ती क्षेत्र जोगवनी नाकावाट मनव तस्करले भारत तफै लैजान लागेका १० जना चेलिहरुको एक सातामा उद्धार गरिएको हो ।
कुवेत पठाइ दिन भन्दै मंगलवार जोगवनीको बाटो भएर लादै गरिएका ५ जना चेलीहरु र गएराती भारतको रेलवे स्टेसनवाट ५ जनालाई उद्धारगरिएको इलाका प्रहरी कार्यालय रानिका प्रहरी निरीक्षक गंगा पौडेलले जानकारी दिनु भयो ।

प्रारम्भिक अनुसन्धानबाट मानव तस्करको गिरोह नै सक्रिय रहेको देखिएको प्रनि पौडेलले बताउनु भयो । उहाँले भन्नु भयो ‘तस्करले पिडीताहरुलाई समुहमा भारत जानलागनउने र भारत पुगे पछि मात्र सम्पर्क गर्ने गरेको देखियो।’ यसले गिरोह सम्म पुग्न मुस्कील पर्ने गरेको प्रनि पौडेलले बताउनु भयो ।‘तस्करले आफ्ने परिचय समेत लुकाउ छन् ।’ उहाँले भन्नु भयो ‘पिडीताबाट तस्करको बस्तविक परिचय समेत पत्ता लाग्दैन ।’

केआइ नेपाल,सानाहात नेपाल र सिमाप्रहरी चौकी विराटनगरको संयुक्त टोलीले चेलीवेटीहरुको उद्धार गरेको हो । उद्धार गरिएकाहरुमा ओखलढुङा ,उदयपुर ,सप्तरी नुवाकोट,नवलपरासी र सुनसरीको धरानका रहेका छन् । उद्धार गरिएका चेलीहरु के आइ नेपालमा ७ जना र सानाहात नेपालको संरक्षणमा ३ जना रहेका छन् ।
सरकारी तथा गैर सरकारी संघ संस्था साथै प्रहरीको ध्यान महाभुकम्पमा केन्द्रीत हुदा मानव तस्करी वढेको के आइ नेपालका मोरङ संयोजक शुसिल मरहठ्ठाले वताउनु भयो । चेलीवेटीको उद्धार भएपनी त्यसमा संलग्न गिरोहलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । यता प्रहरीले भने मानव वेचविखन गर्ने गिरोहको नजिक पुगेको वताएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget