Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कागबेनीका ७४ घर नदी कटानको जोखिममा

मुस्ताङ, जेठ २३ गते /

कालीगण्डकी नदीको कटानका कारण मुस्ताङको कागबेनी–७ र ८ वडाका बस्ती जोखिममा परेका छन् । मुक्तिनाथ मन्दिर हुँदै आउने काग खोला र गण्डकीको दोभानदेखि पाँचसय मिटरमाथिसम्म बर्सेनि कटान हुँदै जाँदा दुई वडाका ७४ घरधुरी उच्च जोखिममा परेका हुन् ।

वर्षायामको समयमा कालीगण्डकी ठूला हुने र कटान धेरै हुनेगरेको कागबेनी गाविसका निवर्तमान गाविस अध्यक्ष नार्बु गुरुङले बताउनुभयो । उहाँका अनुसार कटानका कारण जनशान्ति माध्यमिक विद्यालय, गाविस कार्यालय, प्रहरी चौकी, इलाका हुलाक कार्यालय, पशु सेवा उपकेन्द्र र गुम्बा पनि जोखिममा छन् ।

“केही वर्षदेखि कटान तीव्र भएको छ, यो क्रम नरोकिने हो भने कुनै बेला बस्ती बगाउन सक्छ” उहाँले भन्नुभयो, “समयमै रोकथामका उपाय अपनाउन आवश्यक छ ।” जिल्ला सदरमुकाम जोमसोमदेखि तीन घण्टाको पदैलदुरीमा पर्ने कागबेनीमा सोह्रश्राद्धको समय दिवङ्गत आफन्तजनको नाममा तर्पण दिन सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ ।

कालीगण्डकी र काग खोलाको दोभानमा तर्पण दिएपछि सर्वसाधारण तथा भक्तजन कागबेनी हँुदै मुक्तिनाथ दर्शन गर्न जाने गर्दछ । बस्ती हँुदै कागखोला बग्ने हुँदा कागबेनी दुई नदीको चपेटामा पर्दै गएको गुरुङले बताउनुभयो ।

‘एकातिर कागखोला र अर्कातिर कालीगण्डकीको कटान र यस क्षेत्रको अस्तित्व जोखिममा परेको छ, उहाँले भन्नुभयो । नदी कटान रोक्न भारत सरकारको रु तीन करोड ५० लाखको लगानीमा दुई वर्षदेखि पक्की तटबन्ध निर्माण कार्य थालनी भएपनि अझै सम्पन्न हुन सकेको छैन । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget