Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रहरीको मिलेमतोमा नै तस्करी

इनरुवा, जेठ २४ गते /
नेपाल र भारतबीच खुला सीमाका कारण सुनसरीमा सामान तस्करीको क्रम बढेको स्थानीयले बताएका छन् । खुला सीमामा सशस्त्र प्रहरीको मिलेमतोमा नै तस्करीको सरसामान ओसारपोसार हुने क्रम बढेको स्थानीयले गुनासो गरेका हुन् ।


सीमामा सुरक्षा दिन बसेको प्रहरीले नै केही तस्करसँग मिलेर सामान ओसारपोसार गरिरहेको सीमा क्षेत्रका स्थानीयले गुनासो गरेका छन् । सीमामा खाद्यान्न, मल, लागू औषध, कस्मेटिक सामान, लत्ताकपडा, चिनी, सुपारी लगायतका किराना सामग्री प्रहरीकै संरक्षणमा ओसारपोसार भइरहेको लौकहीका स्थानीयले बताएका छन् ।

जिल्लाको भण्टाबारी, श्रीपुर, लौकही, नरसिंह, वसन्तपुर, घुस्की, कप्तानगञ्ज, साहेबगञ्ज, अमडुवा लगायतका नाकाबाट तस्करीका सामान भित्रिने गरेको स्थानीयले बताएका छन् । आफूलाई सशस्त्र प्रहरीको सिभिलका घुमुवा भन्दै गणेश खड्का, अमर खड्का, कृष्ण, अशोक नाम गरेका व्यक्तिले तस्करबाट रकम असुली गरेर लाइन दिने गरेको सीमा क्षेत्रका स्थानीयको गुनासो छ ।

यता सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र भण्डारीले जनशक्ति कम भएको र तस्करलाई कडाइ गरेपछि विभिन्न आरोप लगाउने गरेको बताउनुभयो ।

भण्डारीले लाइन दिएको नभएर सशस्त्र प्रहरी भूकम्प पीडितको उद्धारमा खटेकाले त्यसको फाइदा उठाई तस्करीको क्रम फस्टाएको हुनसक्ने जिकिर गर्नुभएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget