Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भोजपुरमा ५० शैय्याको अस्पताल निर्माण शुरु

जेष्ठ २०, भोजपुर/
भोजपुरमा ५० शैय्याको अस्पताल निर्माण शुरु गरिएको छ । लामो समयको प्रयासपछि पूर्वी पहाडमै ठूलो अस्पताल बन्न लागेको हो ।

अस्पताल बनाउन १४ करोड ९० लाख २२ हजार बराबरको बजेट विनियोजन भएको थियो । जसमा करिब २ करोड कम कबोल गरेर डाँफे, सिद्दबाबा र सगरमाथा घिमिरे जेभी निर्माण कम्पनीले ठेक्कामा काम शुरु गरेको हो ।
Bhojpur Hospital_bhojpur astapatl_Map

अस्पताल भवनको शिलान्यास संविधानसभाकी सदस्य जयन्ती राईले गरेकी छन् । अन्डरग्राउन्डसहित तीनतले भवन ०७४ चैत २१ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण कम्पनीका प्रतिनिधि कुमार वाग्लेले तीन वर्षको अवधी भनिएपनि साढे २ वर्षभित्रै अस्पताल बनाइसक्ने सार्वजनिक प्रतिवद्धता जनाएका छन् ।

अस्पताल बनेपछि जिल्लाबाटै विशेषज्ञ स्वास्थ्य सेवासमेत प्रदान गरिनेछ । हाल १६ शैय्याको क्षमताको अप्पताल भवन जीर्ण बन्दै गएर रिफर सेन्टर मात्र हुन थालेको थियो । नयाँ भवन बनेसँगै सेवा पनि विस्तार हुने भएपछि जिल्लावासी खुसी भएका छन् ।


अस्पतालमा भौतिक तथा अन्य व्यवस्थापकीय अभावले विरामीहरुलाई प्रभावकारी उपचारमा समस्या हुँदै आएको थियो । २० जनाभन्दा बढी विरामी भर्ना हुनासाथ भुइँमा राखेर उपचार गर्नुपर्दा अस्पतालको सेवा अस्तव्यस्त हुने गरेको अस्पताल प्रमुख डाक्टर कृष्ण शाह बताउँछन् ।

भोजपुर अस्पतालमा अहिले भोजपुरका अतिरिक्त खोटाङ जिल्लाको पूर्वी र दक्षिणी भेगका सर्वसाधारणसमेत उपचारका लागि आउने गरेका छन् ।

दुर्गमक्षेत्रमा स्वास्थ्य सुविधा पर्याप्त नभइरहेको अवस्थामा यो भवन बनेपछि नागरिकले स्वास्थ्योपचार सहजरुपमा पाउने अस्पताल विकास समितिका अध्यक्ष भरत तामाङ्ग बताउँछन् । भवन निर्माण शुरु भइसकेकाले हालको भवन भत्काएर नजिकैको प्रसुती भवनमा अस्थायी उपचार सेवा दिइने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget