बिनाशकारी भूकम्पमा परी घाईते भएका बिरामीहरुका लागि २०७२ साल जेष्ठ २० गते उर्लाबारीको दुई स्थानमा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा १ सय ८२ जनाले रक्तदान गरेका छन ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा उर्लाबारीको संयोजन तथा उर्लाबारी नगरपालीका,न्यूदिपक ज्वेलर्सको मुख्य प्रायोजनमा र संम्पूर्ण सामाजीक संघ–संस्थाको सहयोगमा उर्लाबारी चौक र मंगलबारे चौकमा भएको सो रक्तदान कार्यक्रम ४९ महिला सहित १ सय ८२ जनाले रक्तदान गरेका थिए । मंगलबारे चौकमा ६२ जना र उर्लाबारी चौकमा १ सय २० जनाले रक्तदान गरेको रेडक्रसका प्रेस सल्लाहकार जगन्नाथ भट्राईले बताएका छन ।
उक्त रक्तदान उर्लाबारी क्षेत्रमै पहिलो पटक धेरै संख्यामा जम्मा भएको र ऐतिहासीक समेत भएको उर्लाबारी रेडक्रसका संस्थापक संयोजक तेजकुमार रिजालले दावी गरेका छन ।

सो रक्तदान कार्यक्रममा सिर्जनशिल युवा समाज आइतबारे, नेपाल दर्शन कलेज, मदन भण्डारी प्रतिष्ठान, महिला संञ्जाल, उर्लाबारी प्राविधीक परामर्श समाज, समाज, इलाका प्रहरी कार्यालय, भिजन फाउण्डेशन नेपाल लगायतका संस्थाका सदस्यहरुको उल्लेख सहभागीता रहेको थियो ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मोरङ द्धारा संचालीत रक्त संचार सेवा केन्द्र बिराटनगरको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, सुनगाभा आवासीय उच्च मावि, मोरङ सुनचाँदी व्यवसायी संघ, होटल तथा पेय पदार्थ संघ, भण्डारी मनी ट्रान्सफर र मंगलबारे युवा समाजले वितीय सहयोग गरेको उर्लाबारी रेडक्रसका सचिव लिलाराज प्रधानले बताएका छन ।
Post a Comment