Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कांग्रेसले संविधानका मुख्य विवादित विषय, सरकार लगायतका बारेमा अन्य दलसँग छलफल गरेर सहमतिका लागि प्रयास गर्ने

काठमाडौं, जेठ २०/

नेपाली कांग्रेसले संविधानका मुख्य विवादित विषय, सरकार लगायत बारेमा अन्य दलसँग छलफल गरेर सहमतिका लागि प्रयास गर्ने निर्णय गरेको छ ।

बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको पदाधिकारी बैठकमा विवादित विषयमा सहमति खोज्नका लागि सत्तासाझेदार दल नेकपा एमालेसँग छलफल गरी सहमतिको प्रयास गर्ने निर्णय गरेको हो ।

संविधानको मुल विवादित विषय संघीयताको बारेमा छलफल केन्द्रित भएपनि सत्तासाझेदार एमाले लगायत अन्य दलसँग भिन्नाभिन्नै छलफल गरेपछि मात्रै धारणा तय गर्ने मनस्थिति कांग्रेसले बनाएको हो ।

प्रदेश संख्या, मोडेल  लगायत बारेमा पछिल्ला केही दिनमा चार शीर्ष नेताबीच भएको छलफलबारे सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले बैठकमा जानकारी गराउनुभएको थियो । बैठकमा सबै विषयमा छलफल गरी दलीय अडान भन्दा लचक भएर छिटो सहमतिमा पुग्न पदाधिकारीले नेतृत्वलाई सुझाव दिएका थिए ।

संविधान, सरकार र पुनःनिर्माणका सम्बन्धमा प्याकेजमा सहमति जुटाउने जिम्मा दलहरुले शीर्ष ४ नेतालाई दिएपनि सहमति जुट्न नसकेपछि फेरि आन्तरिक छलफलमा जुटेका हुन् ।

नेताहरुकै आग्रहमा जेठ १७ गतेका लागि बोलाइएको संविधानसभाको बैठक संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले २१ गतेसम्मका लागि स्थगित गर्नुभएको थियो । २१ गते बिहान प्रमुख तीन दल र मधेसी मोर्चाको संयुक्त बैठक बोलाइएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget