Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मोरङमा आजदेखि राष्ट्रिय पोलियो थोपा खुवाउने अभियान सुरु

विराटनगर , जेष्ठ २३/

मोरङमा आजदेखि राष्ट्रिय पोलियो थोपा खुवाउने अभियान सुरु भएको छ । आज र भोली संचाल हुने अभियान आज प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बालबालिकाहरुलाई पोलियो थोपा खुवाएर उद्घाटन गर्नुभयो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु याङ्देन, स्थानीय विकास अधिकारी नारायण मैनाली र विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले ५ वर्ष मुनिका बालबालिकाहरुलाई पोलियो थोपा खुवाउनुभएको थियो ।

मोरङमा ७ सय ३० खोप केन्द्रबाट अभियान सञ्चालन गरिने जनस्वास्थ्य प्रमुख भानु येङ्देनले जानकारी दिनुभयो । यस्तै अभियानमा १ हजार ४ सय ६० जना स्वयंसेविका परिचालन गरिएको छ । यो वर्ष ५ वर्षमुनिका १ लाख ४३ हजार ८ सय ७८ जना बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य रहेको छ । सन् २०१८ सम्ममा विश्वबाट नै पोलियो रोग उन्मुलन गर्ने लक्ष्य छ ।

 

यस्तै आज देखि सुरु भएको राष्ट्रिय पोलियो अभियान अन्तरगत विराटनगर उपमहानगरपालिकालेपनि विभिन्न खोप केन्द्रको स्थापना गरी बालबालिकाहरुलाइ पोलियोको थोपा ख्वाइरहेको छ । विराटनगर उपमहानगरपालिकाले नगर क्षेत्र भित्र एक सय ५ वटा केन्द्रको स्थापनागरी पोलियो थोपा ख्वाइरहेको छ । नगर क्षेत्र भरी २ सय १० जना स्वास्थ्य स्वयम् सेविकाहरुलाइ विभिन्न केन्द्रमा खटाइएको छ । आज विहान ८ बजे देखि सुरु भएको सो अभियानको उपमहानगरपालिकाले अनुगमन गरेको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी, सामाजिक महासशाखा प्रमुख पुनमकुमार दाहाल, जनश्वास्थ्य प्रमुख दशीलाल माझि, वित्तिय व्यवस्थापन माहाशाखा प्रमुख अर्जुन थपलिया लगायतले अनुगमन गर्नुभयो । अनुगमनका क्रममा केहि स्थानमा स्वास्थ्य स्वयम सेविकाहरु ढिलोगरी पुगेको केहि स्थानमा वडा कार्यालयबाट पोलियो थोपा आउन ढिला भएको पाइएको थियो । भोली सम्म संचालन हुने सो अभियानमा नगर क्षेत्रभित्रका २५ हजार ५ सय बालबालिकाहरुलाइ पोलियोको थोपा ख्वाउने लक्ष्य लिइएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget