Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

म्यागी चाउचाउको अनुगमन तीव्र

२४ जेष्ठ , काठमाडौ /

सरकारले भारतमा उत्पादित म्यागी चाउचाउको अनुगमन तीव्र बनाएको छ । शुक्रबारदेखि बिक्री वितरण र आयातमा प्रतिबन्ध गर्ने सरकारी निर्णयसँगै यसको अनुगमन तीव्र बनाएको हो । अनुगमनमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका छुट्टाछुट्टै टोली खटेका छन् ।

maggi_noodels_YOPSअनुगमनको क्रममा केही स्थानबाट चाउचाउ जफत पनि गरिएको जनाएको छ । ‘सरकारले आयात बिक्री वितरणमा रोक लगाउने निर्णयसँगै व्यवसायीले निर्देशन पालना गरे/नगरेको अनुगमन सुरु गरेका छौं,’ वाणिज्य विभागका बजार अनगमन शाखा निर्देशक हरिनारायण बेल्वासेले भने, ‘केही चाउचाउ जफत गरेका छौं ।’ सीतापाइला, कलंकी, कालीमाटी, कुलेश्वरलगायत क्षेत्रमा अनुगमन गरेको थियो । त्यसक्रममा करिब १० बाक्सा जफत गरिएको जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक महानिर्देशक सञ्जीवकुमार कर्णले चाउचाउको अनुगमन तीव्र बनाएको बताए । ‘चाउचाउको अनुगमन तीव्र बनाएका छौं । व्यवसायीहरूलाई बिक्री वितरण नगर्न निर्देशन दिएका छौं,’ उनले भने । जिल्ला तथा क्षेत्रीय कार्यालयलाई पनि अनुगमन तीव्र बनाउन निर्देशन दिएको उनले बताए ।

विभागका प्रवक्ता पूणचन्द्र वस्तीले अनुगमनका क्रममा केहीले बिक्री गरेको फेला परेका नबेच्न निर्देशन दिएको बताए । ‘सुरुको दिनमा केहीले बिक्री गरेको पाइयो । परीक्षण रिपोर्ट नआउन्जेल नबेच्न भनेका छौं,’ उनले भने । परीक्षण रिपोर्ट सोमबारसम्म सार्वजनिक हुने बताए । उपत्यकासँगै मुलुकभरिीबाट नमुना संकलन कार्य सुरु भएको जनाएको छ ।

यस्तै, शुक्रबार आयातकर्ता र डिलरलाई पनि बिक्री वितरण नगर्न जानकारी गराएको विभागले जनाएको छ । महानिर्देशक कर्णका अनुसार म्यागी चाउचाउको दुई आयातकर्ता छन् । एउटा काठमाडौं र अर्को बुटवल रहेको छ ।

‘डिलरलाई पनि कार्यालयमै बोलाएर जानकारी गराएका छौं । उनीहरूले पनि नबेच्ने प्रतिबद्धता जाहेर गरेका छन्,’ कर्णले भने । विभागले चाउचाउको पुन: फलोअप अनुगमन गर्ने बताइएको छ । फलोअप अनुगमनमा पुन: बिक्री गरेको भेटिए कानुनअनुसार कारबाही गर्ने जनाएको छ ।

‘अहिले भएको पसलमा पुन: अनुगमन गर्छौं,’ उनले भने, ‘निर्देशन पालना नगरेको पाइए खाद्य ऐनअनुसार कारबाही गर्छौं ।’ ऐनअनुसार २ हजारदेखि १ लाखसम्मको जरिवाना र कैद सजाय हुन सक्छ । म्यागीको परीक्षण रिपोर्ट आएपछि नेपाली चाउचाउको परीक्षण गरिने विभागले जनाएको छ ।

वाणिज्य विभागको अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका केन्द्रीय सदस्य नवराज थापाले व्यवसायीहरूले सूचनाबारे जानकारी नभएकाले बिक्री गरेको बताएको जानकारी दिए ।

टोलीले सीतापाइलास्थित अन्नपूर्ण सपिङ सेन्टर, स्वम्यभूमा रहेको धनलक्ष्मी सपिङ सेन्टर, कालीमाटीमा रहेको भुवनराज मानन्धर स्टोर लगायतमा अनुगमन गरेको उनले बताए । ‘अनुगमन भएका मध्ये सबैमा बिक्री हुने गरेको फेला परेको थियो,’ उनले भने । उनले अनुगमन ठूला सपिङ मलमा पनि गर्नुपर्ने बताए ।

चाउचाउमा अखाद्य तत्त्वको मात्रा बढी भएको भन्दै भारतका विभिन्न राज्यमा प्रतिबन्ध भएपछि नेपालमा पनि बिक्री वितरण र आयातमा रोक लगाएको छ ।

यसअघि म्यागी भारतमा परीक्षण गर्दा अत्यधिक मात्रामा लिड (सिसा) भेटिएको थियो । चाउचाउमा कैफियत भेटिएपछि बिक्रीमा प्रतिबन्ध गरिएको छ ।

विभागका अनुसार चाउचाउमा २ दशमलव ५ पीपीएमा (पार्टस पर मिलियन) भन्दा बढी सिसा भेटिए स्वास्थ्यलाई हानिकारक हुन्छ । तर, चाउचाउको परीक्षणमा १६ देखि १७ पीपीएमसम्म भेटिएको जनाएको छ । चाउचाउको प्रयोगले आन्द्रामा क्यान्सर हुने, छालाको रोगलगायत समस्या निम्त्याउने उनले बताए ।

विभागका अनुसार सिसा कच्चा पदार्थमा मिसिएको हुन्छ । गहुँमा बढी मात्रा बिषादीको प्रयोग हुँदा सिसा भेटिने सम्भावना उच्च हुन्छ । यस्तै, प्रशोधन गर्दा पिठोमा, मेसिन र दूषित हावाबाट पनि सिसा मिसावट हुन सक्ने जनाएको छ । खाद्य शृंखला अन्तर्गत नियन्त्रण नगर्दा यस्तो समस्या देखिने विभागको दाबी छ । सिसा चाउचाउसँगै अन्य खाद्यान्न पनि हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

चाउचाउ अखाद्य भए/नभएको थप आधिकारिकताका लागि इन्टरनेसनल फुड सेफ्टी नेटवर्क (इन्फो) लाई पत्राचार गरिसकेको विभागले जनाएको छ । अनुसन्धानमा कैफियत भेटिए नेपालमा भएको सबै म्यागी चाउचाउ सम्बन्धित संस्थालाई फिर्ता पठाइने विभागको तयारी छ ।

म्यागी चाउचाउ मुख्यत: ठूला पसल र डिपार्टमेन्ट स्टोरमा पाइन्छ । म्यागी ४५ देखि करिब ५० रुपैयाँसम्ममा बिक्री हुन्छ । ठूला स्टोरमा बाइबाइ चाउचाउपछि म्यागी बढी बिक्री हुने गरेको छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget