
पूर्वमा रोजगारका क्षेत्रमा काम गर्ने संस्थाका २७ जना प्रतिनिधिलाई सीप उपयोगी तालिम प्रदान गरिएको थियो । उक्त तालिममा लिएको जीवन उपयोगी सीप सम्बन्धी विषयलाई तालिम प्रदायक संस्थाले आफ्ना तालिम सञ्चालन भएको स्थानमा तीन दिने तालिम प्रदान गर्ने बखरियाले बताए ।
साइकोसोसल रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्यूटकी मनोविद सुनिता श्रेष्ठ तथा मनोविमर्शकर्ता माया सापकोटाले सहजिकरण गरेको तालिममा जीवन उपयोगी सीप, व्यवसायीक सफलता प्राप्त गर्न चाल्नुपर्ने कदम, भूकम्पप्रभावितहरुलाई सामान्य जीवनमा फर्कन दिइने परामर्श लगायतका विषयमा जानकारी गराइएको थियो ।
जेठ २० गतेदेखि २२ गतेसम्म तीन सञ्चालन भएको तालिममा पाथिभरा हिमालयन पोलिटेक्नि इन्टिच्यूट, इटहरी, जनहित सेवा समाज, यूसेप नेपाल, यूथभिजन सोसाइटी, एक्सन फर डेभलोपमेन्ट, दक्ष सीप प्रशिक्षण तथा रोजगार केन्द्र, इस्ट एसियनकलेज अफ टेक्नोलोजी र पी.आर. कन्सल्टेन्सिका संयोजकसहित २७ जनाको सहभागिता रहेको थियो ।
Post a Comment