भोजपुर ,जेष्ठ १९/
नेपाल पुर्वी भोजपुर पहाडी जिल्लाको एक हो,कोशी अञ्चलमा पर्ने यो जिल्लामा यातायात सञ्चालन सुचारुभएको केहि बर्षमात्र हुदैछ । जिल्ला सदरमुकाम मा यातायात सुचारु भएपश्चात भोजपुरबासीले प्रतक्ष्य धेरै सेवा सुबिधा पाउन थालेका छन भने जिल्लामा उब्जनी भएका नगदे बालीहरु मौसमी फलफूलहरु कृषी क्षेत्रका बेमौसमी उत्पादित आम्दानी मुलक ब्याबसायहरुको ढुवानी र किनमेलबाट भोजपुर बासी धेरै लाभान्वित हुदै आएका छन,यो सँगै हिले भोजपुर नारदमुनी सडकखण्डको प्रमुख जटिल मेरुदण्डको रुपमा रहेको धनकुटा सिमानास्थित अरुण नदीमा सवारि साधनको लाग्नु आम भोजपुर बासीमा सौभाग्यको कुरा हो यति मात्रै हैन हिले भोजपुर सडकखण्ड हालसालै कालोपत्रे को कार्यसमेत सुरु भएपछि पर्यटक प्रबर्दन सँगै ब्यापारिक क्षेत्रको एक पहाडी मुटुकै रुपमा भोजपुरको उज्वल भबिष्य देखिन थालिएको छ ।
मानेडाडाँ ब्यापारिक केन्द्रबिन्दु बन्दै
भोजपुर भित्रका धेरै ठाँउहरुमा यातायात सञ्चालन सुचारु सँगै बजार ब्यावस्थापन देखि शैक्षिक क्षेत्र बिधुतिय लाईन साथै ब्यारिक केन्द्रबिन्दुको समेत त्रमस बिकास हुदै गएको देखिन्छ ।

जिल्लाको दक्षिणपुर्वीमा अबस्थित मानेडाडाँले पनि आफ्नो बिकसित परिवर्तनको उदगम् भबिष्यको सँरचना कोरिरहेको छ । बास्तिम गा.बि.स.वडा नं.१ मा रहेको मानेडाडाँमा बर्षाै अघिबाट हाटबजार लाग्दै आएको छ । त्यसो त यो ठाँउलाई बास्तिम,ठुलोदुम्मा,सानोदुम्मा र च्याङ्ग्रे गा.बि.स.को सेन्टरपोइन्ट नै पनि मानिएको छ ।
बिगत धेरै बर्षा अगाडी यस ठाँउमा दशामी तिथिमा हाट लाग्ने गर्दथ्यो भने पछि बजार ब्याबस्थापन सँगै प्रत्येक सनिवारको शनिबारे हटियाको रुपमा रुपान्तरण गरिएको १ दशक नै बितिसकेको छ ।

हिले भोजपुर राजमार्गको तिवारिभञ्ज्याङबाट च्याङग्रे हुदै मानेडाडाँसम्म पञ्चकन्या कृर्षसडकको निर्माणकार्यको सफलतासँगै अहिले मानेडाडाँबाट दैनिक यातायातसेवा सञ्चालनमा रहिआएको छ। मानेडाडाँमा रहेको ईलाका स्वास्थ्यचौकीमा एम्बुलेन्सको समेत सुबिधा रहिआएको छ । त्यसो त पञ्चकन्या सडकखण्डको निर्माणकार्य लक्ष्य सानोदुम्माको अँधेरीघाट सम्मको रहेको र निर्माणकार्य हुदैआएको पनि छ । मानेडाडाँमा प्रत्येक शनिवार हटिया लाग्ने भएपछि यस क्षेत्र आसपासका जनतालाइ किनमेल र बेचबिखानको लागी सहज भएको छ। मर्चाको ब्यापार धेरैपहिले देखि गर्दैआउनुभएकी सानोदुम्माकी एक वृद्ध भन्नुहुन्छ “पहिले पहिले त मर्चमात्रै बेच्थे, आजभोली त बारीमा फलेको अम्बा भोगटेहरु पनि बजारमा सजिलै बिक्रि भैहाल्छ” । यस्तै बेसीक्षेत्रका कृषकहरुको प्रमुख आम्दानीमुलक खेति बदाम,कालोदाल,मसेम गहतले समेत राम्रो मुल्य पाएको छ ।

यसभेगमा शिक्षाक्षेत्रमा पनि धेरै बिकास भएको देखिन्छ धेरै पहिलेदेखि चालु रहेको मानेडाडाँ मा.बि.हुदाको अबस्थामा सानोदुम्मा , ठुलोदुम्मा , बास्तिमगरी ३ गा.बि.स.का बिद्यार्थीहरुले यहि स्कूलमै माध्यमिकतह पढ्न आउनुपर्थ्यो तर अहिले त्यो समस्या छैन हाल मानेडाडाँ मा.बि.उ.मा.बि. भैसकेको छ भने सानोदुम्मा ठुलोदुम्मामा माध्यमिक तहका बिद्यालय सञ्चालनमा छन् । मानेडाडाँमा बोर्डिङ निजी स्कूल समेत सञ्चालनमा छ ।
मानेडाडाँ हरेक कुरामा मध्यविन्दु देखिन थालिएपछि अब त्यस भेगका मानिसहरु नगदेबाली कृषी उब्जनी तिर आकर्षित देखिन्छन,पहिले मकैकोदो खेति गरिने जग्गाहरुमा अदुवाखेती गर्दै आउनुभएका सानोदुम्मा ४ का दिकपाल राई भन्नुहुन्छ यातायात नै बिकासको प्रमुख मेरुदण्द रहेछ अहिले वहाँले अदुवाखेति सँगै अलैचि अम्लिसोको खेति लाउनु थाल्नुभएको छ ।
यस्तै मकैकोदो रोप्ने बारीमा नगदेबाली को रुपमा कागती खेतिको रोपनी गर्नुहुने बिन्द्रमान राई पनि यसै बताउनुहुन्छ, “अब गाँउगाँउमा गाडी आउछ हामी आम्दानीमुलक उत्पादन गर्ने कृषक बन्नुपछर्” । यस्तै ठुलोदुम्मा बास्तिमका कृषकहरुपनि कृषि उद्धमी आम्दानीमुलक नगदेबालीकै क्षेत्रमा आकर्षित देखिन्छन,भने मानेडाडाँमा बजार ब्याबस्थापन सँगै घरसँख्याहरु पनि बढ्दो नै छ,यसबाट सबै क्षेत्रको व्यासायीहरुमा लाभन्बित बनेका छन ।

यो सँगै अब बिकासक्रमलाई निरन्तरता गराउनको लागी सडक बिकासलाइ प्रमुख प्राथामिकता दिन जरुरी देखिन्छ ।
आशागरौ त्यसभेगको विकासको लागि सम्बन्धित निकायको नजर परोस र भोजपुरको हर दुर्गम गाँउबस्तिहरुको तिब्ररुपमा बिकास होस,साथै सबै ग्रामिण बस्तिका कृषकहरु उद्धमी बनुन आम्दानीमुलक कृषी उत्पादनमा युवापुस्ता समेत लक्षित भई आफ्नै भुमीमा पसिना बगाएर विकसित समृद्ध गाँउको निर्माणमा जुट्ने वातावरण बनिदियोस ।
Post a Comment