Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विकास निर्माणका काममा ढिलाइ भइरहेको भन्दै नगरवासीहरुले उपमहानगरपालिकाको ध्यानाकर्षण

विराटनगर ,जेष्ठ २२ गते
विराटनगर उपमहानगरपालिका भित्र भएका विकास निर्माणका काममा ढिलाइ भइरहेको भन्दै नगरवासीहरुले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । सचेत नागरिक अभियान विराटनगर र पब्लीक फोरम विराटनगरले विहिवार संयुक्तरुपमा १० बुदें माग पत्र बुझाउँदै विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रग्मीको ध्यानाकर्षण गराएका हुन् ।

नगर क्षेत्रभि भइरहेका विकास निर्माणका काम बर्खासम्म सम्पन्न हुन नसक्ने देखिएकाले नगरवासीले समस्या झेल्नुपर्ने भन्दै उनिहरुले चाडो काम सम्पन्न गर्न माग गरे । साथै नगर क्षेत्र भित्रका फोहरमैला व्यवस्थापन, नगरका विजुलिका पोलहरुमा बत्तिको व्यवस्था, नगरलाइ प्लाष्टिक झोला मुक्त सहर बनाउनुपर्ने, भुस्याहा कुकुर र लामखुट्टेको नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेका छन् । विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले खानेपानीका पाइप र विजुलिका पोखका कारण काम गर्न केहि कठिनाइ भएकाले काम ढिलो भएको बताउनुभयो ।

खानेपानी, विजुलि, टेलिफोन लगायतका प्राविधक कारणले विस्तारै भएपनि काम गुणस्तरीय र व्यवस्थीत हुने भन्दै उहाले वस्तुस्थितलाइ बुझेर सहयोग गर्न नगरवासीलाइ अनुरोध समेत गर्नुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget