Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको विहिवार नौ बर्ष पुरा

 

ईटहरी ,जेष्ठ २२ गते

नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको विहिवार नौ बर्ष पुरा भएपनि अझै व्यवहारिक कार्यन्वयन चुनौतीपूर्ण रहेको दलित अगुवाहरुले बताएका छन् । दलित गैर सरकारी संस्था महासंघ पूर्वाञ्चल, राष्ट्रिय दलित नेटवर्क, सामाजिक न्याय मञ्ज र दलित जनकल्याण युवा मञ्चले संयुक्त रुपमा विहिवार इटहरीमा आयोजना गरेको विचार गोष्टिमा दलित अगुवा तथा दलका नेताहरुले अझै छुवाछुत अन्त्य हुन नसकेको बताएका छन् ।

दलित अगुवाहरुले छुवाछुत मुक्त राष्ट्र घोषणालाई सरकारले गम्भीर रुपमा नलिएर घोषणाका लागि घोषणामै सिमित गरेको र त्यसको कार्यन्वयनका लागि कुनै प्याकेज कार्यक्रम नगरेकाले व्यवहारिक कार्यन्वयन हुन नसकेको बताएका छन् । कार्यक्रममा अग्रज पत्रकार तथा विचारक विजय मिश्रले दलितहरुलाई आन्दोलनमा मात्र सिमित गरिएको तर आन्दोलनले दलितमाथिको छुवाछुत अन्त्य हुन नसक्ने बताउनुभयो । सरकारका मन्त्रीहरु समेत विषय लम्पट मात्र भएकाले उनीहरुले न्याय दिन नसक्ने उहाले बताउनुभयो ।

छुवाछुत अन्त्यका लागि जुलुस गर्ने आन्दोलन गर्ने काम मात्र भएको, ठूला पार्टिहरुले दलितका कुराहरु उठाउन नसकेको, सबै क्षेत्रमा दलितहरुको सहभागीता ज्यादै न्युन भएकाले दलित माथि अझै छुवाछुत जारी रहेको कार्यक्रममा बताइएको थियो । कार्यक्रममा एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेल, एमाले केन्द्रिय सदस्य जीवन घिमिरे लगायतको उपस्थिति रहेको थियो । उहाहरुले दलितमाथि हुने छुवाछुत समाजबाटै अन्त्य गर्न सचेतना र शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल क्षेत्रका दुई हजार बढी दलित समूदायको उपस्थिति रहेको कार्यक्रममा अगुवाहरुले सचेतना शिक्षा, छुवाछुत अन्त्यको कार्यन्वयनका लागि विशेष कार्यक्रम लगायत घोषणा गरेर गम्भीर रुपमा अघि बढेमा मात्र छुवाछुत अन्त्य हुने बताएका थिए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget