Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

स्वास्थ्य खाना र स्वास्थ्य

जेष्ठ २३,काठमाडौं /

विभिन्न कारणले व्यस्त रहने व्यक्तिले हिजोआज आफू र आफूले खाने आहारामा बारेमा ध्यान दिन सकेका छैनन् । जसको नतिजा ऊ कुनै रोगको शिकार बन्ने जोखिम प्रचुर मात्रामा रहन्छ । यस्ता व्यस्त व्यक्तिको यौन क्षमतामा पनि नकारात्मक प्रभाव पार्ने गर्छ । सेक्सका लागि उचित आहाराको आवश्यक पर्छ । भिटामिन ‘इ’को कमीले सेक्स क्षमतामा ह्रास ल्याउने सम्भावना रहन्छ । सेक्स क्षमता बढाउनका लागि उचित आहाराको धेरै नै आवश्यक पर्छ । सेक्स क्षमता बढाउनका लागि चाहिने आवश्यक आहार यि हुन् ।

helthy food food


शरीरलाई शक्तिशाली बनाउन र सेक्स ऊर्जा प्राप्त गर्नका लागि उत्तम एंव पौष्टिक आहारा सेवन गर्नु उचित हुन्छ । सेक्स क्षमता बढाउन मह, भिजाएको बदाम र किसमिस दूधमा मिलाएर प्रत्येक दिन खाएमा लाभदायक हुन्छ । बदाम, किसमिस र अंगुर भिजाएर खाजाको रुपमा लिए पनि यौन क्षमतामा वृद्धि हुन्छ । यस्तै हरियो सागशब्जी तथा दाल प्रशस्त खानुपर्छ । खानामा सलादको भरपुर उपयोग तथा प्याज, लसुन र अदुवाको सन्तुलित सेवन गर्नुहोस् ।
यौन शक्ति बढाउन र सन्तुलिन रुपमा राख्न प्राकृतिक खानाको आवश्यक पर्छ । जस्तै अन्न, ताजा हरियो सागशब्जी, सलाद, पालिस नगरिएको चामल, ताजा फलफूल, पाकेको मेवा, चोक्कर युक्त आँटाको रोटी, टुसाएको गेडागुडी, दूध, घ्यू, अण्डा तथा समुद्रबाट पाइने भोजन आदी ।
शाहाकारी भोजन गर्नाले यौन क्षमता बढाउन मद्दत गर्छ । यसमा तपाईंले दाल, अन्न, दूध तथा दूधजन्य पदार्थ सेवन गर्न सक्नुहुन्छ । अधिकांस अनुसन्धानले यो पुष्टि गरेको छ की मांसहारीको तुलनामा शाहाकारी व्यक्तिमा धेरै नै प्रभावशाली ढंगले सेक्स गर्न सक्ने क्षमता हुन्छ । तपाईंले आफ्नो सेक्स क्षमता बढाउनका लागि मांसहारीका साथै शाहाकारी भोजन गर्न आवश्यक छ भने त्यसमा पनि नियमित रुपमा हरियो पत्तादार सागशब्जीको सेवन गर्न अति नै आवश्यक हुन्छ ।

सेक्स क्षमतामा वृद्धि गर्नका लागि प्रोटिन र भिटामिन धेरै नै आवश्यक पर्छ । यसर्थ तपाईंलाई आफ्नो भोजनमा प्रोटिनयुक्त खाद्यपदार्थ लिनु आवश्यक पर्छ जसले गर्दा तपाईंको शरीरलाई स्फूर्ती दिओस् । तपाईं प्रचुर मात्रा प्रोटिनका लागि अण्डा र माछा खान सक्नु हुन्छ ।

फास्ट फूड, चिसो पिय पदार्थ, चक्लेट, पिज्जा, बर्गर, एंव चाउमिन आदीको सेवन नियमित रुपमा लिनाले सेक्सको ऊर्जामा ह्रास आउने भएकाले यी चिजबाट टाढा रहनुहोस् ।
सेक्स क्षमता बढाउनका लागि पौष्टिक र सन्तुलित भोजनको आवश्यक पर्छ भने ओइलीएको, मसालेदार तथा बोसोयुक्त खानेकुराबाट भने ठाढै रहनु उचित हुन्छ । यसले तपाईको यौन जीवनलाई स्वच्छ र राम्रो त गर्छ नै साथै विभिन्न रोग लाग्नबाट पनि बचाउँछ ।

डायटिङ गर्ने, व्रत उपवास बस्नले तपाईंले क्यालोरी पाउन सक्नुहुन्न जसले गर्दा शरीर कमजोर हुन सक्छ । यसले गर्दा सेक्सका बेलामा तपाईंको ऊर्जामा कमी आउने मात्रै होइन बिरामी पनि पर्न सक्नु हुन्छ । यस बेला तपाईंलाई दिनभरमा दुई हजार क्यालोरी युक्त भोजन गर्नु आवश्यक पर्छ । यसबाट तपाईं स्वस्थ पनि रहन सक्नु हुन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget