Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

दुई केटी साथीसँग होटलमा बसेका युवकको रहस्यमय मृत्यु

२३ जेष्ठ, २०७२,गौशाला/

आफ्ना दुई केटी साथीसँग महोत्तरीको सदरमुकाम जलेश्वरको आरएस होटल एन्ड लाजमा बसेको एक युवकको शनिबार बिहान रहस्यमय मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङको दुलारी–६ का सञ्जीव क्षेत्री चौहान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

तीन दिनदेखि जलेश्वर नगरपालिका–५ स्थित उक्त होटलमा पोखराको मधेरी पाठक गाउँकी कल्पना तामाङ र सर्लाही जिल्ला धनकौल–९ की सुभद्रा सिंहसँग बस्दै आएका युवक क्षेत्रीको आज बिहान ४ बजे सो होटलमा रहस्यमय मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए।

लजको कोठा नम्बर १०२ मा बसेका क्षेत्रीलाई आज बिहान ४ बजे श्वासप्रश्वासमा समस्या भएको थियो। जीउ सुनिन थालेपछि उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कल्पनाले बताएकी छिन्।

यता युवक क्षेत्रीको मुख कुल्चिएको र रगत निस्केको खुट्टाको औंलाहरु र पैतालाबाट पनि रगत निस्केको तथा शरीर पहेलो परेको र पहिले नै मृत्यु भएको अवस्थामा अस्पतालमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गर्न मृतकसँग आएको दुवै युवतीलाई नियन्त्रणमा लिएको छ। होटलमा पनि सिलबन्दी गरेको छ । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget