विराटनगर, जेठ २७ गते / आज बिहान यहाँ वर्षा भएपछि सर्वसाधारण जनताले राहतको अनुभूति गरेका छन् ।एक सातादेखि मोरङलगायत पूर्वी तराईका जिल्लामा जारी प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त बन्दै आएको थियो । गर्मीका कारण सर्वसाधारणलाई बिहान १० बजेपछि घरबाट निस्केर दैनिक कामकाज गर्नसमेत कठिनाइ भइरहेको थियो । वर्षासँगै शीतल हावा चलेपछि धेरैले सहज महसुस गरेका छन् ।

आज बिहान हल्का वर्षा भए पनि त्यसले किसानलाई फाइदा पुगेको छ । खेतमा लगाइएका मकैबाली, चैते धानलाई यसले सपार्ने र अगहनी धानका लागि बीऊ छर्न किसानलाई सहज हुने विश्वास गरिएको छ । रासस
Post a Comment