Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

महोत्तरीमा नागरिकता र राहदानी बनाउन झन्झट

२४ जेठ, महोत्तरी /

महोत्तरीमा अभिलेख च्यातिएकाले सहज रूपमा सेवाग्राहीलाई नागरिकता र राहदानी बनाउन झन्झट हुने गरेको छ ।
nagarikta
जिल्ला प्रशासन कार्यालय जलेश्वर, इलाका प्रशासन कार्यालय गौशाला र एकीकृत सेवा केन्द्र बर्दिवासका नागरिकताका रजिस्ट्रर र फाइल च्यातिएको, केरमेट भएको, तस्बिर उप्किएको र अक्षर नबुझ्ने भएको छ । तीन नगरपालिका र ६८ गाविसका जनतालाई नागरिकता बनाउन कठिनाइ उत्पन्न भएको छ ।

पुरानो नागरिकताको प्रतिलिपि लिन आउने अधिकांश सेवाग्राहीको अभिलेख नभेटिएपछि जिल्ला प्रशासन कार्यालयले सर्जमिनका लागि जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रतिवेदन ल्याउनका लागि पठाउने गरेकाले सेवाग्राही थप मर्कामा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बजेट अभावका कारण काम गर्न कठिन भएको बताउँदै च्यातिएको अभिलेख व्यवस्थित गर्न लागिएको बताए ।नागरिकतालाई कम्प्युटराइज्ड गर्ने कार्य भइरहेको जनाइएको छ । सो कार्यालयमा दैनिक दुर्इ सय ५० भन्दा बढी नागरिकता र ७० भन्दा बढी राहदानी लिन आउने गरेका छन् ।

सरकारले इगभर्नेसको अवधारणा ल्याएको एक दशक बितिसक्दा पनि जिल्ला प्रशासन, इलाका प्रशासनमा स्तरीय उपकरण र दक्ष जनशक्ति अभाव देखाएर ढिलासुस्ती गरिँदैआएको छ । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget