Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

रमपम चाउचाउविरुद्ध मुद्दा

विराटनगर, जेठ २२/

न्यून गुणस्तरको खाद्यान्न उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने पूर्वका विभिन्न उद्योग विरुद्ध खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले मुद्दा चलाएको छ । पूर्वको चर्चित रमपम चाउचाउ विरुद्ध तीन र क्वालिटी विस्कुट विरुद्ध चार वटा मुद्दा चलाइएको छ । बजारमा नाम चलेका ब्रान्डका खाद्यान्न उत्पादन गर्ने ठूला उद्योगका उत्पादनसमेत गुणस्तरहीन भएको पत्ता लागेपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कार्वाहीका लागि कानुनी प्रक्रिया अघि बढाएको हो ।

rampam

कार्यालयका प्रमुख प्रमोद कोइरालाले नाम चलेकै उद्योगका उत्पादन न्यून गुणस्तरको पाइएपछि कार्वाहीका लागि मुद्दा चलाइएको बताए । ती उद्योगले उत्पादित वस्तुको गुणस्तर कायम गर्न नसकेको र उपभोक्ताको स्वास्थ्यमाथि नै खेलबाड गरेको पाइएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । कार्यालयले विभिन्न समयमा खाद्यान्न वस्तुको नमूना संकलन गरेर क्षेत्रीय प्रयोगशालामा गुणस्तर परीक्षण गरेको थियो । एक वर्षको अवधिमा चाउचाउ उत्पादक एशियन थाई फुड्सलाई तीन र क्वालिटी विस्कुटलाई चार वटा मुद्दा दायर गरिएको छ । केएल दुगड समूहको तेल उद्योगलाई पनि मुद्दा चलाइएको छ । कार्यालयले विराटनगरसहित सुनसरी–मोरङ आद्योगिक करिडोरका उद्योगले उत्पादन गर्ने खाद्यवस्तु तथा तेलको गुणस्तरबारे अनुगमन र प्रयोगशाला परीक्षणमा कडाई गरेको जनाएको छ ।

चालू आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय मोरङमा १७ वटा उद्योगविरुद्ध मुद्दा दायर भएको छ । मुद्दा चलाइएका उद्योगहरुमा तीनवटा बिस्कुट उद्योग, दश प्रशोधित पिउने पानी, सात घियू तथा तेल उद्योग र एउटा प्रशोधित चाउचाउ उद्योग रहेका छन् । यीबाहेक चिया, बेसन, प्रशोधित दूध र स्वीट्स एण्ड स्न्याक्स उद्योग विरुद्ध पनि मुद्दा दर्ता भएको छ । गुणस्तर कायम नगरी उत्पादन गर्ने विस्कुट उद्योगमा क्वालिटी डाइट एण्ड फूड प्रोडक्ट्स, पशुपति विस्कुट इण्डस्ट्रीज, बालाजी विस्कुट इण्डस्ट्रीज रहेका छन् । दुगड समूहको स्वास्तिक सूर्यमुखी तेल र श्याम एग्रोको तोरीको तेलमा गुणस्तर न्यून भेटिएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget