Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सरकारको इच्छाशक्ति भयो भने पुनर्निर्माणले गति लिन्छ




क्रान्तियोद्धा केशवप्रसाद र नोना कोइरालाका सुपुत्रका रूपमा वि. सं. २००७ मा जन्मनुभएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला नेपालको राजनीतिमा काका गिरिजाप्रसाद कोइरालाका कारणले बढी चर्चामा आउनुभयो । तत्कालीन नेकपा (माओवादीलाई शान्तिवार्तामा ल्याउन शान्तिनायक कोइरालाले जुन बेला सङ्कल्प गर्नुभयो त्यसबेला डा. कोइरालाले पनि माओवादी नेताहरूसँग पुगेर वार्ताको सूत्रधारको रूपमा महŒवपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
कोइराला परिवारको सदस्य भएर पनि लामो समयसम्म चिकित्सा पेशामा आबद्ध डा. कोइरालाले कोशी अञ्चल अस्पतालको वरिष्ठ चिकित्सकका रूपमा मात्र नभई बी. पी. कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानको सदस्यसचिव, शिक्षाध्यक्ष र उपकुलपतिको पदमा रहेर १२ वर्षभन्दा बढी सेवा गर्नुभयो ।
उहाँ मोरङ जिल्लाको क्षेत्र नं. ७ बाट संविधानसभा सदस्य पदमा दुईपटक निर्वाचित भइसक्नुभएको छ ।
संविधानसभा– २ को निर्वाचनमा उहाँ मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारलाई पराजित गर्न सफल भएपछि चर्चित हुनुभयो । प्रस्तुत छ– भूकम्पको महाविपत्तिपछि उत्पन्न मुलुकको परिस्थितिका विषयमा केन्द्रित रही उहाँसँग   कुराकानीको :Shekhar-koirala-

सारसंक्षेप 
अहिलेको प्राथमिकता सरकार परिवर्तन हो कि पुनर्निर्माण ?
हेर्नुस् हाम्रो देशमा महाभूकम्प गएपछि पुनर्निर्माणले नै प्राथमिकता पाउनुपर्छ । संसद्मा संकल्प प्रस्तावमाथि छलफल गर्दा मलाई त हाँसो पनि लाग्यो । सबै दलका शीर्षनेताले राष्ट्रिय सहमतिको सरकारको कुरा त गर्नुभयो तर संविधान निर्माण पनि सँगसँगै गर्छौं भन्नुभएन । विपद्को सामना गर्न मात्रै राष्ट्रिय सरकार खोजिएको हो भने त्यस्तो सरकार चाहिँदैन । मलाई त के लाग्छ भने यही सरकारमा इच्छाशक्ति भयो भने पुनर्निर्माणले गति लिन्छ ।

सरकारमा त्यस्तो इच्छाशक्ति देखिएन अनि ‘एक्टिभ’ भएन भन्न खोज्नुभएको हो ?
एक्टिभ र इन एक्टिभ भन्ने भन्दा पनि महाविपद्पछि सरकारले जुन सोच लिएर जानुपथ्र्यो त्यो हुन सकेन । उदाहरणका लागि हामी आफैंले (नेपालले नै) जुन, जसरी पाल र खाद्यान्न, दिन सक्छौं नि, त्यति नै विदेशीले गरेका छैनन् । हो विदेशीहरु आएर उद्धारको काममा प्रभावकारिता आयो, त्यसलाई त मान्नैपर्छ । सरकारकै तर्फबाट भए÷गरेका काम पनि देखाउन सकिएन, सायद स्थानीय निकायको अभावले गर्दा होला ।

सरकारले अब के गर्नुपर्छ ?
यो सरकारका प्रधानमन्त्रीजीले म हेड अफ द गभर्नमेन्ट ह्ुँ भनेर पब्लिक्ली जानुप¥यो । यहाँ कस्तो देखियो भने क्याबिनेटमा सबै प्रधानमन्त्री भएको जस्तो छ । पाँच, पाँच घण्टा मन्त्रिपरिषद्मा छलफल हुन्छ तर निष्कर्ष आउँदैन । वर्षा शुरु हुन लागिसक्यो । अहिलेसम्म जस्ता किन्नका लागि दिने भनिएको १५ हजारमै सरकार अल्मलिएको जस्तो देखिन्छ । यस्तो किन भइरहेको छ भन्दा मैले भनिसकें नि सबै मन्त्री प्रधानमन्त्री भएर नै हो ।

तपाईं सरकार परिवर्तन नगर्ने कुरा पनि गर्नुहुन्छ अनि सरकार एक्टिभ भएन इच्छाशक्ति कमजोर छ पनि भन्नुहुन्छ नि ?
होइन, होइन मेरो स्पष्ट धारणा के हो भने विपद् व्यवस्थापन गर्न मात्रै हो भने यही सरकारले सक्छ भनेको हो । त्यसमा पनि प्रधानमन्त्रीले बालुवाटार र सिंहदरबारको आफ्नो सेक्रेटेरियट (सचिवालय)लाई अझ बलियो बनाउनुप¥यो भनेर म भनिरहेको छु् । विपद् व्यवस्थापनका विज्ञहरुसँग रायसुझाव लिएर अगाडि बढ्नुप¥यो । यो प्रधानमन्त्रीजीका लागि र हामी सबैका लागि पनि जरुरी भएको छ । प्रधानमन्त्रीजी बोल्नुहुन्छ म कुनै नराम्रो काम कुरा ‘टलरेट’ गर्दिनँ भनेर तर त्यही कुरा उहाँले क्याबिनेटमा यो राष्ट्र पुनर्निर्माणको विषयमा यो मेरो डिसिजन हो, डिसिजन इज डिसिजन भनेर मन्त्रीहरुलाई भन्न सक्नुप¥यो । उहाँले मन्त्रीहरुको मुख हेरेर डिसिजन गर्ने त होइन नि । क्याबिनेटमा उहाँले यतिमात्रै गरिदिनुभयो भने उहाँबाट डिसिजन नै हुन सक्दैन भन्नेलाई पनि राम्रो जवाफ हुन्छ । देश र जनताका लागि पनि राम्रो हुन्छ ।

तपाईं कोइराला परिवारको सदस्य पनि हो । प्रधानमन्त्रीलाई यो सुझाव दिनुभएको छैन ?
होइन, मै व्यक्तिगत रुपमा उहाँलाई धेरै सुझाव दिन्छु, दिइरहेको पनि छु । मेरो बानी के छ भने मैले देखेको कुरा म स्पष्टसँग राख्छु । मैले भर्खरै पनि सुशीलदालाई यो कुरो सुझावका रुपमा भनेको छु । प्रधानमन्त्री त उहाँ नेपाली कांग्रेसको हो नि । अहिले सरकारले राम्रो गरेन भने त नेपाली कांग्रेसको सदस्यको रुपमा त्यसले मलाई पनि त असर गर्छ नि, तर उहाँको बानी के छ भने कतिपय कुरा सुन्नुहुन्छ, कतिपय कुरा सुन्नुहुन्न ।

सरकार परिवर्तनका कुरा चाहिँ किन उठाइएको हो जस्तो लाग्छ ?
हेर्नुस् यसमा मेरो अलि भिन्न विचार छ । देशमा यत्रो विपद् आइपरेको बेला, पीडित जनता राहत र जस्ता नपाएर छट्पटाइरहेको बेलामा राष्ट्रिय सरकार बनाउने कुरामा हाम्रा नेताहरु घण्टौं छलफल गर्नुहुन्छ तर गोंगबु क्षेत्रको कुहिएका शव कसरी उठाउने भन्नेमा चिन्ता गर्नुहुन्न । ओलीजीलाई छिटो प्रधानमन्त्री नै बन्नु छ भने कि त संविधानमा छिटो सहमति गर्नुस् होइन भने सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउनुस्, हामी विपक्षमा बसेर सहयोग गर्न तयार छौं ।

तपाईं भूकम्प प्रभावित धेरैवटा जिल्लाको अनुगमनमा जानुभयो । भूकम्पपछिको अवस्था के पाउनुभयो ?
म शुरु शुरुकै दिनमा सिन्धुपाल्चोक, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर जस्ता प्रभावित जिल्लामा पुगें । त्यसबेला सरकारको खासै उपस्थिति पाइएन । म आफैं पनि आमाको नाममा खोलेको संस्थामार्फत सिन्धुपाल्चोकमा राहत लिएर गएको थिएँ । राजनीतिक दल, सेना, प्रहरीले गरिरहेका थिए तर त्यहीबेला सरकारबाट एउटा गेडो चामल पनि नपाएको गुनासो सुनियो । यहाँ के भयो भने जनताले राहत नपाएका होइनन् ‘रेकर्डेड’ भएन । सरकारको ‘मिस्टेक’ कहाँ भयो भने एकद्वार प्रणालीबाट मात्रै राहत बाँड्ने भन्यो । सरकार यसैमा अल्मलियो । फेरि बैंकबाट ऋण दिने भनियो । कसले कति र कसरी दिने भन्नेमै अलमल भयो । पछिल्ला दिनमा त्यस्तो अन्योल हटेर गएको छ र पनि राहतलाई अझै प्रभावकारी बनाउनु जरुरी छ । अहिले पनि धेरै ठाउँमा जस्ता पु¥याउन सकिएको छैन ।

वर्षा शुरु हुनु अगाडि नै त्यो पु¥याउन सकिएन भने के हुन्छ ?

हामी कल्पना गरौं न । पहाड धाँजा–धाँजा परेकाले पहिरोको खतरा त्यत्तिकै छ, गाउँका गाउँ, बस्तीका बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था छ । काठमाडौंका कतिपय जनताले त उद्धार र राहत नपाएको अवस्था छ । सयौं चर्केका ढल्केका घर भत्काउन सकिएको छैन । अहिले पनि शवहरु गन्हाइरहेका छन् । यस्तो बेला खालि विदेशीको मात्रै मुख ताकेर बस्नुभएन ।
देशमा २१ भन्दा बढी जिल्ला करीब करीब ध्वस्त अवस्थामा छन् । धेरै गाउँ बस्तीलाई पहिरोको जोखिमबाट बचाउन अन्यत्रै बसाउनुपर्नेछ । देशको रिसोर्सेज’ थाहै छ, पुनर्निर्माण र पुनःस्थापना कसरी सम्भव होला ?
हेर्नुस् असम्भव छैन । सबै कुरा म सम्भव नै देख्छु । हामीले संविधान जारी गर्न सक्यौं भने सबै सम्भव छ । संविधान जारी गर्न नसके प्रधानमन्त्रीको इच्छाशक्तिमा पुनर्निर्माण र पुनःस्थापन कार्यलाई अघि बढाउनुपर्छ । संविधान जारी नहुँदा यही सरकारले सबै कार्य अगाडि बढाउने अवस्था आउन सक्छ । त्यसबेलामा मङ्सिरतिर स्थानीय निकायको निर्वाचन पनि गर्नुपर्छ । हामीले नेपाललाई हैटी हुनबाट रोक्नैपर्छ । दातृ संस्थाहरुले सहयोग गर्ने भनिएको छ । उनीहरुको सम्मेलनको तयारी पनि हँुदैछ तर विदेशी सहयोगको सन्दर्भमा सरकारले एउटा कुरा स्पष्टसँग दातृ निकायहरुलाई भन्नैपर्छ । त्यो के भने तपाईंहरु पैसा दिनुस् मनिटरिङ पनि गनुर््स् तर कन्सल्ट्यान्ट पठाएर त्यही रकमबाट खर्च गर्न पाउनुहुन्न । उनीहरुको स्यालरी र भत्तामा उनीहरुले नै दिएको ६५ प्रतिशतसम्म रकम उतै जाँदो रहेछ । यो कुरा विचार गरेर अगाडि बढ्दा पुनर्निर्माण र पुनःस्थापना सबै सम्भव छ ।

नेपाली कांग्रेसले १३औं राष्ट्रिय महाधिवेशन आगामी भदौको निर्धारित समयमै गर्ने भनिरहेको छ । के यो बेला त्यो सम्भव देख्नुहुन्छ ?
अरू जिल्लाका कार्यकर्ताको कुरा छाड्नुस् । काठमाडौं जिल्लाकै कार्यकर्तालाई हामीले भदौमा महाधिवेशन गर्नुछ, तयारी गर्नुस् भन्यौं भने थप्पड हान्ने अवस्था छ । अझ नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, दोलखाका कार्यकर्ताको अवस्था इम्याजिन गरेर भदौमा महाधिवेशन सम्भव होला भन्ने लाग्दैन । समय सकियो भनिंदैछ के त्यो समय हामीले नै निर्धारण गरेको होइन र ? राष्ट्रमा यत्रो विपद् आइपरेका बेला जबरजस्ती गर्नु हुँदैन । हाम्रा केही नेतालाई पदमा जान हतार होला तर यो बेला पार्टीका आम कार्यकर्ताका भावनाको कदर गर्नुपर्छ ।

नेपालको राजनीतिमा कोइराला परिवारको अबको अवस्था के होला जस्तो लाग्छ, बी.पी. र गिरिजाबाबुको विरासतको कुरा पनि उठाइँदैछ ?
म ‘विरासत’मा विश्वास गर्दिनँ, राजनीति हामीले विरासतबाट पाएको पनि होइन । कोइराला परिवारको सदस्य भएकाले केही सहज पक्कै भएको छ तर विरासतमा म विश्वास गर्दिनँ । सुजाता र शशांकहरुको भनाइ पनि यस्तै छ । मेरोमा आउने अब तपाईं नै हो भन्ने सुजाताकोमा जाने त्यसै भन्ने अनि शशांकलाई पनि तपाईं नै हो भन्ने कतिपयबाट गरिंदो रहेछ तर म त्यस्तालाई टाढा राख्न चाहन्छु । हामीबीच राजनीतिमा प्रतिस्पर्धा हुन सक्छ तर कुनै तिक्तता छैन र हुँदैन । हामीबीच एकता छ र त्यो एकता पछि पछिसम्म रहिरहनेछ । जहाँसम्म अब कोइराला परिवारमा ‘को’ हो भन्ने प्रश्न छ, त्यो बेला भइसकेको छैन ।

यो विषयमा तपाईं, सुजाता र शशांक कोइरालाबीच कुनै छलफल हुँदैन ?
सुशीलदा प्रधानमन्त्री भए लगत्तै हामी तीनजना बसेर अब उहाँलाई कसरी दह्रो बनाउने भनेर छलफल ग¥यौं तर कतिपय कुरा सुशीलदाले लिनुहुन्छ, कतिपय लिनुुहुन्न । देश संकटमा परेको बेला हामीले एकता प्रदर्शन गर्ने हो । अब ‘को’ भन्ने बेला भएको छैन ।

कार्यकर्ताबीच त तपाईं सुशील कोइरालाभन्दा बाहिर हुनुहुन्छ भन्ने म्यासेज छ नि ?
होइन, म पहिले पनि सुशीलदाभन्दा टाढा पनि होइन, नजिक पनि थिइनँ । मेरो नेचर आफूलाई लागेको भन्ने छ । म टाढा थिएँ भने उहाँलाई किन सुझाव दिन्थें र !

आगामी महाधिवेशनमा कोइराला परिवारका तर्फबाट तपाईंको उम्मेदवारी केमा हुन्छ ?
म, सुजाता र शशांक बसेर छलफल गर्छौं । कार्यकर्ताले के भन्छन्, नेताहरुको विचार कस्तो हुन्छ । केही न केहीमा त गर्नैपर्छ । अहिले नै भन्ने अवस्था छैन ।

-gorkhapatra



Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget