Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्रीमा कृपाशुर शेर्पा नियुक्त

विराटनगर , जेठ ८/
संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्रीमा कृपाशुर शेर्पा नियुक्त हुनुभएको छ । सत्तारुढ घटक नेकपा एमालेको भागमा परेको उक्त मन्त्रालयमा नियुक्तिका लागि एमालेले शेर्पालाई सिफारिस गरेको हो । मन्त्री दीपक अमात्यले विहीबार राजीनामा दिएपछि शुक्रबार एमालेले भोजपुरबाट संविधानसभामा निर्वाचित शेर्पाको नाम सिफारिस गरेको थियो । । शेर्पालाई शुक्रबारै साँझ सपथ दिलाइने छ । शेर्पा करीव एक दशकअघि भन्सारको सुब्बा पदबाट सेवा निवृत्त भएका हुन् । भोजपुरबाट निर्वाचित शेर्पा लोकप्रिय नेता मानिन्छन् । शेर्पा सघ तथा पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानमा पनि आबद्ध छन् । केपी ओलीको विश्वासपात्र शेर्पासँग विभिन्न सामाजिक संघ संस्थामा रहेर काम गरिसकेको अनुभव छ । यसअघिका मन्त्री अमात्यको कार्यकुशलतामा प्रश्न उठाउँदै एमालेले फिर्ता बोलाएको थियो । अमात्यअघि उक्त मन्त्रालयमा एमालेकै भीम आचार्य मन्त्री रहेका थिए । अमात्य मन्त्री बन्नुअघि आचार्य र तत्कालीन उद्योगमन्त्री कर्णबहादुर थापालाई एमालेले एकसाथ हटाएको थियो ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री kripasur sherpa
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget