विराटनगर जेठ ८

नेपाली कांग्रेसले विदेश स्थित सबै जनसम्पर्क समितिलाई पत्राचार गर्दे पार्टीका क्रियाशील सदस्यताको विवरण बुझान उर्दी जारी गरेको छ । पार्टीद्धारा जेठ १ गते जारी पत्रमा नेपाली जनसम्पर्क समितिहरुले जेठ १५ गते सम्म केन्द्रमा क्रियाशील सदस्यता फारम, नामावली र सदस्यता शुल्क बुझाउन भनिएको छ ।
यसअघि पार्टीले दिएको वैशाख १५ गते सम्मको म्याद थप गरिएको पत्रमा उल्लेख छ । तोकिएको समयमा सो विवरण नबुझाउने जनसम्पर्क समितिलाई भाद्र महिनाको अन्तिम साता काठमाण्डौंमा हुने १३ औं अधिवेशनमा सहभागि नगराईने चेतावनी समेत पत्रमा दिएको छ ।
Post a Comment