Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

छुरा प्रहार हुँदा दुई जना घाइते

विराटनगर, जेठ ८/

मोरङको पथरी–शनिश्चरे नगरपालिकाको दुई छुट्टा–छुट्टै स्थानमा बिहिबार राति खुकुरी तथा छुरा प्रहार हुँदा दुई जना घाइते भएका छन् ।

पथरी–शनिश्चरे–६ मा छिमेकी घरबाट घर फर्कदै गरेका स्थानिय ३२ बर्षिय संगबहादुर राई अपरिचित व्यक्तिहरुको खुकुरी प्रहारबाट घाइते भएका छन् । राति २ बजे मरिमराउ भएको छिमेकीको घरबाट फर्कदै गरेका राईमाथि खुकुरी प्रहार गर्ने समूह फरार रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते राईको पथरीस्थित मोरङ डाइग्नोष्टिक अस्पतालमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गरी फरार रहेकाहरुको खोजी भइरहेको पथरी प्रहरीले जनाएको छ । यस्तै पथरीशनिश्चरे–१४ का ३२ बर्षिय रणबहादुर तामाङ छिमेकी एक युवकको छुरा प्रहारबाट घाइते भएका छन् । राति १० बजेतिर घरमै बसिरहेका तामाङलाई मादक पदार्थ सेवन गरी आएका २७ बर्षिय उमेश राईले छुरा प्रहार गरी घाइते बनाएका हुन् । छुरा प्रहारबाट घाइते तामाङको पथरीकै मोरङ डाइग्नोष्टिक अस्पतालमा उपचार भइरहेको छ भने छुरा प्रहार गर्ने राईलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको जानकारी दिएको  छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget