Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

उमेर ढाटेर तरुणदलमा वस्नु परेको तितो अनुभव हामी संग छ

उद्धव कोइराला
केन्द्रिय सदस्य
तरुणदल

aaar
 तरुणदलले के के काम गर्दे छ ?
तरुणदलले विभिन्न योजना वनाई काम गर्दे आएको छ । समयसापेक्ष संगठनलाई चलाउन   र   युवापुस्तालाई एकिकृत वनाएर अगाडी वढेको अवस्था हो । प्राकृतिक विपतमा पनि काम गर्ने गरी युवापुस्ता प्रशिक्षित हुनुपर्दछ भन्ने हालैको घटनाले देखाएको छ । महाभुकम्पले देशलाई तहसनहस वनाइरहेको परिप्रेक्षमा तरुणदलले पनि विभिन्न कार्यक्रम गर्दे आएको छ । राहत वितरण देखी उद्धारका कार्यमा पनि तरुणदल अगाडी वढेको छ ।
कुन कुन ठाउँमा राहत वाढ्नु भयो ?
तरुणदलले भुकम्प प्रभावित जिल्लामा पुगेर सहयोग गरिरहेको छ । हालैमात्र सिन्धुपाल्चोक तरुणदलको नेतृत्व त्यहाँ पुगेको छ । अन्य जिल्लामा रहेका संगठनहरु पनि क्रियाशिलरुपमा उद्धार र राहतवितरणमा सक्रिय छ ।
   यो विपदको घडीमा कस्तो सहयोग भुकम्पपिडीतलाई आबश्यक छ जस्तो लाग्छ ?
यो वेला दोषारोपण गर्ने समय हैन । खुल्लामनले सहयोग गरौ । यहाँ भागवण्डाको कुरा पनि छैन । सरकारलाई पनि सहयोग गर्न आवश्यक छ । खुल्ला आकाश मुनी वसिरहेका जनतालाई के पुगेको छैन ती आवश्यक सामाग्री त्यस ठाउँमा लानुपर्यो । पिडीतलाई थप पिडीत वनाउने हैन की उनीहरुलाई कम्तिमा वाच्न सक्ने गास वास र कपासको प्रबन्ध गर्न आवश्यक छ ।
    प्रशङ बदलौ तरुणदलमा तरुणनै छैनन् भन्छन् नी ?
यो कुरा केही हदसम्म सत्य पनि हो । यसका विभिद कारणहरु छन् । समयमा अधिवेशन नहुने र केन्द्रिय नेताहरुको खिचातानीका कारण यो समस्या आएको छ । उेमेर हद नाग्दा सम्म एउटा महत्वपूर्ण समय विताउनु पर्ने अवस्था छ । यो कुरा राम्रो पनि हैन । उमेर ढाटेर तरुणदलमा वस्नु परेको तितो अनुभव हामी संग छ ।
अनुभव साट्ने राम्रो मौका पाउनु भएछ त ? अव चै पार्टीले के गर्न आवश्यक छ ?
त्यही हो समयमा पार्टीनेतृत्वले अधिवेशन गराउनु पर्यो । युवाहरुलाई अझ सक्रिय वनाएर राजनीतिको आधारशिलामा टेकाउन सिकाउनु पर्यो । धेरै कुरा छन् । खाली कुनै संगठन रुगेर मात्र भएन नी । मानिस किन राजनीतिमा लाग्ने ? केही वृद्धि विकास हुन्छ भनेर न हो । त्यो पनि भएन भने त राजनीतिमा टिक्न गाह्रो हुन्छ नी ।

प्रस्तुती :कौशल निरौला
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget