Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

महत्वकांक्षी योजना छैन ,म जे वोल्छु त्यो पुरा गर्छु


  • सुजाता कोइराला
    केन्द्रिय सदस्य
    नेपाली काग्रेस 10675763_781655341883854_249726656762222700_n
    भुकम्पवाट प्रताडीत भइरहेका जनताप्रति तपाईको भुमिका के छ ? के काम गरिरहनु भएको छ ?
    मैले सकेको सम्पूर्ण शक्ति लगाएर काम गरिरहेकी छु । राहत वितरणमा पनि सहयोग गरिरहेकी छु । भुकम्पवाट अतिप्रभावित जिल्लाका एउटा गाविस छनौट गरी चाढै नमुना गाउँ वनाउने योजना छ । विभिन्न ठाउमा छरिएर रहेका वासिन्दालाई एकठाउँमा ल्याउने र भुकम्पले क्षती नगर्नेखालका घरवनाई राख्ने काम चाढै शुरु गरिने छ ।
    अन्य गाउँ चै कसले वनाउछनी ?
    वोलेर मात्र हुदैन । काम पनि गर्न सक्नु पर्दछ । सवै जिल्ला म वनाउछु भन्न म सक्दिन । त्यो असम्भव काम हो ।जिल्लाका अरु गाउँलाई राज्य,सामाजिक संघ संस्था,दातृनिकायले प्लानिङ गरेर सहयोग गर्नु पर्दछ । सवै ठाउँ हाम्रा हुन् । यद्यपी मैले जे सक्छु त्यो कुरा मैले विराटनगर आएर घोषणा गरेकी हु । जीपि सेन्टर मार्फत नमुना गाविस र नमुना गाउँ वनाइने छ ।
    कस्ता गाविसलाई रोज्नु हुन्छ ?
    भुकम्पवाट अतिप्रभावित जिल्लाका एक एक गाविसलाई हामी रोज्ने छौ । त्यसका पनि केही मापदण्ड हामीले वनाएका छौ । ति गाविसका गाउँका वासिन्दा विभिन्न ठाउँमा वस्ने गरेका छन् । छरिएर वसेका उनीहरुलाई एकिकृत गरी एउटा नमुना गाँउ वनाई वस्ति वसाल्ने हाम्रो योजना हो । त्यसभीत्र शिक्षा,स्वास्थ्य,खानेपानी र रोजगारको समेत प्रवन्धमिलाउँने छ । बाख्रा,गाईभैसीपालन लगाएत विभिन्न कार्यक्रम त्यसस्थानमा लगिने छ ।
    यो त महत्वकांक्षी योजना भएन र ? यत्रो योजना सफल होला ?
    खाली गलत नजरले हेर्ने मानिसको वानी छ । राम्रो कुरा गर्न लाग्यो भने त्यसको खेदो खन्ने र आफु पनी नगर्ने यस्ता कुरालाई अव हटाउनु पर्दछ । यो कुनै महत्वकांक्षी योजना हैन र यसवाट कुनै लाभ लिने कुरा पनि छैन । यो पिडीतलाई मलहम लाउने र अवका दीनमा भुकम्पले यत्रोधन जनको क्षतीनहोस भन्नु मात्रै हो । यो काम नमुना हुने र अन्य जिल्लामा पनि अनुसरण गर्न सकिने हुन्छ भन्ने विश्वास मैले लिएकी छु ।
    जीपि सेन्टर अन्तरगत पूर्वमा कुनै कार्यक्रम छैन ?
    पूर्वका लागी म धेरै काम गर्दे छु । भुकम्प पिडीत पनि पूर्वमा छन् । तिनका लागी पनि म काम गर्छु । अझ त्यस भन्दा पनि अन्य धेरै योजनाहरु छन् । त्यो अहिले म भन्न चाहन्न । किनकी वोले पछी काम गरेर देखाउन सक्नु पर्दछ । जे योजना आउछ म यही आएर घोषण गर्ने छु । प्रस्तुती :कौशल निरौला

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget