सदस्य
नेपाली कांगेस मोरङ

हाल के गर्दे हुनुहुन्छ ?
म हाल नेपाली कांग्रेस मोरङको सदस्यपदमा रही काम गरिरहेको छु । अर्कातर्फ हामी केही युवाहरुको सहभागीतामा दुव्यसनीमा फसेका युवाहरुलाई लक्ष्क्षीत गरी रिजमन्ट फेलोसिप मोरङ मार्फत दुव्यसनी मुक्त बनाउने अभियानमा लागेका छौ । भइपरी आउने विषयमा पनि हामीले योजना वनाएर काम गर्ने योजना वनाएका छौ ।
कस्तो योजना छन् त ?
जस्तो हालै नेपालमा प्राकृतिक विपत्ति परेको छ । भुइचालोवाट खरवौको धनजनको क्षती भएको छ । यस्ता विषयमा पनि नेपाली काग्रेसले काम गरिरहेको छ भने युवा नेतृत्वपनि यसमा अग्रसर भएर लागेको छ ।
रिचमण्डवाट चै के काम भइरहेको छ ?
हामीले रिचमण्डको प्रयासमा काठमान्डौमा राहत सामाग्री वाढेका छौ । पूर्वमा पनि हामीले सेवाका हातहरु फैलाई रहेका छौ । विराटनगरको कोशी अञ्चल अस्पतालमा घाइतेहरुको उपचारमा आउनेलाई भोलेन्टियर सर्भिसको लागी युथफर व्लड,कोशी अञ्चल अस्पताल संग सहकार्य अस्थायी आपतकालिन उपचार सेवा चलाई रहेका छौ ।
थप योजनाहरु केही छन् ?
१२ वर्ष देखी २० वर्ष भित्रका युवा युवति जसले भुकम्पको प्रतक्ष अनुभव गरे । ति युवापिडीमा परेको मानसिक अघातलाई कम गराउने उदेश्यले मनोवैज्ञानिक काउन्सिल गर्ने योजना हाम्रो छ । संवन्धित क्षेत्रका चिकित्सक र ट्रेनिङप्राप्त काउन्सिलर द्धारा स्कुल ,कलेजमा गएर यो कार्यक्रम चलाउने योजना रहेको छ । यसको व्यवस्थापन रिचमण्ड र यहाँका युवाक्षेत्रका सक्रिय संघ संस्थाको अघुवाइमा हुनेछ ।
Post a Comment