Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बलात्कारपछि ४२ वर्ष कोमामा रहेकी नर्सको निधन

बलात्कारपछि ४२ वर्षसम्म कोमामा रहेकी एक नर्सको सोमबार निधन भएको छ ।

मुम्बर्इको किङ एडवर्ड मेमोरियल अस्पतालमा ४२ वर्षदेखि कोमा रहेकी ६० वर्षीया नर्स अरुणा शानबागको निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलार्इ तीनदिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।

भारतीय सञचारमाध्यमले जनाएअनुसर शानबाग निमोनियाबाट बिरामी परेपछि उनको उपचार भइरहेको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै सोमबार बिहानै उनको निधन भएको हो । शानबागको निधनपछि मुम्बईको केईएम अस्पताल शोकमय भएको छ । अरूणा शानबाग यसै अस्पतालमा नर्सकारुपमा कार्यरत रहँदा बलात्कारको शिकार भएकी थिइन् ।

४२ वर्षअघि नर्स अरुणा शानबागलार्इ सोही अस्पतालका वार्ड ब्वार्इले आक्रमण गरी सांग्लोले बाँधेर बलात्कार गरेका थिए । त्यसपछि उनी अपांग बनिन् र बोल्न नसक्ने भइन् र अस्पतालमा भर्ना गरियो । अस्पतालमा भर्ना गरिएपछि उनको अवस्था झनै बिग्रियो ।

शानबागको जीवनबारे किताब लेख्ने लेखिका पिङ्की विरानीले यसअघि उच्च अदालतमा निवेदनपत्र दर्ता गरेर शानबागको इच्छा मृत्युको माग गरेकी थिइन् तर अदालतले उनको माग खारेज गरिदिएको थियो ।

अरुणालार्इ २३ नोभेम्बर १९७३ देखि केईएम अस्पतालमा भर्ना गरिएको थियो । पिङ्की विरानीले अरुणाको जीवनी लेखेकी हुन् । उनले उच्च अदालतमा अपिल दर्ता गर्दै अरुणाको स्थितिलार्इ देखेर उनलार्इ मर्ने अनुमति दिन माग गरेकी थिइन् । एजेन्सी aruna_shanbag_Nurse_667891917
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget