
नेपाली काँग्रेसका युवा नेता तथा सभासद् गगन थापाले नवनिर्माणका लागि सरकारले बनाउन लागेको नवनिर्माण प्राधिकरणको जिम्मेवारी लिन इच्छुक भएको बताएका छन् ।
उनले पार्टीको साधारण सदस्यता समेत त्यागेर निष्पक्ष तरिकाले जिम्मेवारी निर्वाह गर्ने दृढ ईच्छा रहेको बताए ।
कुनै एउटा पार्टीको सदस्य भएर निश्पक्ष रुपमा काम गर्न नसकिने भन्दै उनले देश र जनताका लागि काम गर्ने आफुजस्ता राजनितिकर्मीहरुका लागि प्राधिकरण राम्रो अवसर हुने भएकाले इच्छा देखाएको स्पष्ट पारे ।
नवनिर्माण प्राधिकरण अहिलेका कुनै निकाय भन्दा माथी नभई अहिले भएकै सवै निकायहरुलाई समन्वय गरेर परिचालन गर्न सकिन्छ भन्ने आफुलाई लागेको नेता थापाले उल्लेख गरे ।
अहिलेको भुकम्पपछि मुलुकमा भौतिक संरचनाको पुर्ननिर्माण तथा मर्मत मात्रै नभई समग्र क्षेत्रको नवनिर्माण गर्नु पर्ने उनको भनाई छ ।
काठमाडौंबाट ९० जनाको टोली सहित गएर दुइ दिनमा नुवाकोटमा ४८ ओटा घर निर्माण गर्नु भएका नेता थापाकै अगुवाईमा धादिङमा पनि बनाउन थालिएको छ । आफुहरुले सवै ठाउमा बनाउन संभव नहुने भन्दै उनले हरेक जिल्लामा एक एक ठाउमा बनाएर निर्माणमा जुट्न अरु युवाहरुलाई सन्देश दिन चाहेको उल्लेख गरे ।
Post a Comment