
भुकम्प जसले हजारौको सपना लुट्यो ,खुशी चुढ्यो । त्यही भुकम्प कतिलाई अपाङ वनायो,परिवार विहीन वनायो र भएको सम्पति सिध्याएर गयो । जसका कारणले नेपाललाई चिनाउथ्यो ती धरोहर र इतिहासको नष्ट गरेर गयो भुकम्प । जसका सन्तान,आफन्त र इष्टमित्र गुमे तिनका आखामा आशु र वेदना दिएर गयो भुकम्प । यस्तै अनगीन्ति अस्रल्लह समस्या थोपरेर गएको भुकम्पका वारेमा कतै मजाक र कतै ठट्यौलि पनि भेटीए ।
फेसवुकका भित्तामा पोष्ट गरिएका कार्टुन र फोटोले वेदना समेटेको भएपनि कता कता मजाक वन्दै छ भुकम्प । यस्तै भान हुन्छ । भुकम्प कतै वेदना,कतै मजाक त कतै ठट्यौली भएको छ । हुन पनि हो छन पनी छ , देख्नपनि सकिन्न र कतिवेला आउछ भन्न सकिन्न । खाली यो प्राकृतिक घटना हो । यसलाई मानिसले नियन्त्रण गर्न सक्दैन । यो विपदको समयमा संयम हुन आवश्यक छ । यही विपदलाई भुल्याउन पनि होला धेरै फेसवुकका फ्यानहरुले अनेकन फोटो र कार्टुनहरु पोष्ट गरेका छन् । हुन त विपदको भोगाइ जसले भोगेका छन् उनीहरुलाई यस्ता कुराहरुले मलहम लगाउन सक्दैन । यो एउटा अपराध ठहरिएला । यद्यपी फेसवुकमा आएका केही तश्विरले सकुशल फेसवुकेलाई तनाववाट केहीवेर भुल्याउन खोज्दछ ।
भुकम्प सोल्टी झ्यापमा छ की क्या हो हल्लाको हल्लाए गर्छ । साला कस्तो दिन आयो घरभित्र छिर्दा पनि रेडी १,२,३ भन्नु पर्ने भयो । ए भाइ कता हो घर भनेर कसैले सोध्यो भने डरै छैन वारिका पाटामा भन्दिने हो । खाट कुर्सिमा वसेर खुट्टा हल्लाउन मनाइ छ । हेर भुकम्प दाई अरु जतिवेला आएनी आउँ तर चर्पी वसेको वेला नआउ । यस्ता खाले पोष्टले केहीवेर भएपनि त्रसित मन अलमलाउने वाटो भएको छ । केही कुराहरु अतिरन्जित गरी हालिएका छन् । यस्तो काम सकेसम्म नगरेको राम्रो हुन्थ्यो भन्ने यो लेखकको भनाइ हो । कतिपयले भने हतास भइरहेको मनलाई किच्च एकछिन भएपनि हसाउने प्रयत्न गर्दछ ।
तर जे भए नी मन्दिर ढलेका हुन् ,आश्था ढलेको छैन,दरवार ढलेका हुन् ,इतिहास ढलेको छैन । घर ढलेका हुन्,मन ढलेको छैन । यस्ता कुराहरु पनि फेसवुकमा हालिएका छन् । केही मन वहलाउने र केही चित्त वुझाउने कुराको दिमाग लडाई फेसवुकमा पोष्ट गर्नेलाई साधुवाद ।
फेसवुकवाट पोष्ट गरिएका केही तश्विर हेर्नु होस ....



Post a Comment