Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भूकम्प अति प्रभावित गाविसमा एमबीबीएस डाक्टर





  • भूकम्पका घाइतेहरूका लागि चिकित्सा पुन:स्थापना केन्द्र




  • ७६ हजार ५ सय ७३ बिरामीको उपचार




  • भूकम्पले ९ चिकित्साकर्मीको मृत्यु






 काठमाडौ, वैशाख २९ - सरकारले लामो समयसम्म स्वास्थ्य उपचार पाउनुपर्ने भूकम्प घाइतेहरूका लागि चिकित्सा पुन:स्थापना केन्द्र खोलेको छ । स्वास्थ्य मन्त्री खगराज अधिकारीको उपस्थितिमा भएको स्वास्थ्य मन्त्रालयको बैठकले केन्द्र खोल्ने निर्णय गरेको हो ।





‘यस्तो पहिलो केन्द्र कीर्तिपुरमा खोल्ने निर्णय भएको छ,’ स्वास्थ्य मन्त्रालय, विपद व्यवस्थापनका लागि केन्द्रीय समन्वय समितिका सदस्य सचिव, डा.गुणराज लोहनी भन्छन्, ‘यो काममा आवश्यकता अनुसार वैदेशिक चिकित्सा टोलीको समेत सहयोग लिनेछौं ।’

हाल राजधानी लगायतका विभिन्न अस्पतालहरूमा भूकम्पले घाइते भएकाहरूको उपचार भइरहेको छ । विशेषज्ञहरूका अनुसार धेरैजसो घाइतेलाई लामो समयसम्म उपचारार्थ रहनुपर्ने आवश्यकता छ ।

‘यस्ता घाइतेले गर्दा अस्पतालको शय्या उपयोग भइराख्दा नियमित बिरामीलाई दिने सेवा प्रभावित हुने भएकाले तत्काल चिकित्सा पुन:स्थापन केन्द्र खोल्ने निर्णय गरिएको हो,’ डा.लोहनीले भने, ‘दुई साताभित्र यस्तो केन्द्र खोलिने छ ।’

१८ दिनअघि गएको महाभूकम्पले घाइते भएका ७६ हजार ५ सय ७३ बिरामीको उपचार सोमबारसम्म गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले भूकम्पबाट अति प्रभावित जिल्लाका अति प्रभावित गाविसमा तत्काल कम्तीमा एमबिबिएस गरेका चिकित्सकको नेतृत्वमा चिकित्सा सेवा दिनुपर्ने निर्णयसमेत गरेको छ । डा.लोहनीको अनुसार आगामी असार महिनाभित्र यस्ता जिल्लामा एमबिबिएस डाक्टर पठाइने छ ।

सरकारी तथ्यांकअनुसार भूकम्पले अति प्रभावित १४ वटा जिल्ला छन् । यस अन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोर्खा, रसुवा, काभ्रे, दोलखा, भूकम्प अति प्रभावित गाविसमा असार मसान्तसम्म र पछि आवश्यकताअनुसार थप गर्न सकिने गरी एमबिबिएस गरेका चिकित्सकहरूलाई स्वयंसेवकको रूपमा सेवा लिने उल्लेख गर्दै डा.लोहनीले भने, ‘चिकित्सकहरूलाई सरकारले तोकिएबमोजिम निर्वाह खर्चसमेत दिइने छ ।’

यस्ता चिकित्सक नपुग भए छात्रवृत्तिमा अध्ययन पूरा गरेर सरकारको अनिवार्य सेवा गर्नुपर्ने चिकित्सकबाट सेवा लिइने छ । यसो गर्दा समेत नपुगेमा अन्य स्थायी दरबन्दीका चिकित्सकहरूलाई समेत काजमा खटाई सेवा प्रदान गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो ।

डा.लोहनीको अनुसार हालसम्म भूकम्प प्रभावित क्षेत्रमा एक सय ७ वटा अन्तर्राष्ट्रिय चिकित्सा टोली परिचालन गरिएको छ । उक्त टोली अन्तर्गत एक हजार १९ चिकित्सा विशेषज्ञ, तीन सय ६१ नर्स, ९ सय ४२ पारामेडिक्स गरेर २ हजार ३ सय २१ चिकित्साकर्मी संलग्न छन् ।

सरकारी स्वास्थ्य संस्थाबाहेक ४१ भन्दा बढी राष्ट्रिय तथा गैर आवासीय नेपाली चिकित्सा विशेषज्ञको टोली भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएका छन । उक्त टोलीमा एक सय ५४ चिकित्सा विशेषज्ञ, ९० पारामेडिक्स र ८२ नर्स गरी तीन सय ६७ जना छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत सोमबारसम्म खटिएका अन्तर्राष्ट्रिय टोलीहरूमध्ये सोमबारसम्म भारत, अमेरिका, फ्रान्स, जर्मनी, बेलायत, इजराइल, स्पेन, फिलिपिन्स, थाइल्यान्ड, सिंगापुर, ताइवान, बंगलादेशका टोली आफ्नो काम सकाएर फर्किसकेका छन् ।

हालसम्म १९ वटा विदेशी चिकित्सा टोलीका दुई सय ५२ जना सदस्य काम सकाएर फर्केका हुन् ।

सोमबार थप दुई स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएपछि भूकम्पबाट निधन भएका स्वास्थ्यकर्मीको संख्या ९ पुगेको छ ।



Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget