Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

महामहिम ज्यु,ट्वाल्ल परेर हेर्ने होईन स्टेथेस्कप र सिटामोल बोकेर जानुस ।





जाजरकोटमा महामारी फैलिएको एक महिना हुन लागि सक्यो । मृत्यु हुनेको संख्या तीन दस नाघी (३०) सक्यो । सयौं प्रत्यक्ष प्रभावित भईसके । बिरामी मर्ने क्रम धमाधम बढेको बढ्यै छ । बिराम सर्ने भयले निरोगिले रोगिलाई छुन पनि छोडिसके । भएका स्वास्थ चौकिहरुमा सिटामोल र पियन बाहेक केही छैन ।


आफ्नो नागरिकलाई आधारभुत स्वास्थ सुविधा दिने दायित्व कस्को ? गाँस,बास र कपासको व्यवस्था त गर्न सकेन , ल ठिक छ । बिरामीको उपचार गर्न नै भनेर सरकारी तलब खुवाएर पालेका डाक्टर हरुको काम के ? अलि दुर्गम,विकट ठाउँका जनता चैं मान्छे होईनन ? यिनिहरु चैँ बांच्नु पर्दैन ? कि सुगमका मात्रै मान्छे हुन ? जनता हुन ?


हैन लाज लाग्दैन कु क्या हो यिनिहरुलाई !!! जनताकै पसिनाबाट तलब भत्ता खाएर उनिहरु नै बिरामी हुँदा,औषधि-उपचार नपाएर धमाधम मर्दा पनि ट्वाल्ल हेरे बसेका छन । अनि हाम्रा नेता चैँ के भा,महामहिम त स्वयं डाक्टर साब । तपाईंले पढेको डाक्टरी कस्का लागि ? कि राष्ट्रपति भएपछि उपचार गर्नै बिर्सिनुभयो ? तपाईं प्रती जनताको अलिकति पनि उत्तरदायित्व छैन ?


राष्ट्रपतिको पगरी एकछिनका लागि खोलेर ती पिडित,रोगिका घर आँगनमा आउनुस डाक्टर साब । राष्ट्र प्रमुखको भुमिका खेल्ने,उत्तरदायित्व निर्वाह गर्ने बेला यत्तिबेलै हो । यत्तिबेलै हो तपाईंको भविष्य सुरक्षीत गर्ने राम्रो समय पनि । यिनै अबोध,गरिब जनतालाई ऋणको बोझ बोकाएर तपाईं त पेट दुख्दा लाखौं खर्चेर बैंकक जानु भयो , यी अबोध जनतालाई त्यसको ऋण तिर्नुपर्दैन ? अब यहि हो समय,राष्ट्रपतित्त्व लाई एकछिन बिसाएर स्टेथेस्कोप र सिटामोल बोकेर जानुहोस जाजरकोट ।


अनि आदरणीय बिनाकामे नेताहरु,तपाईंहरुले गति छाडेको कि लाज पचाएको ? शरम भन्ने चिज मरेकै हो त ? अलिकति साह्रो आची आउँदा परिवार,नातागोता सबै बोकेर अमेरिका,चीन,दिल्ली जाने,यहाँ जनता दबाई नपाएर घण्टै पिच्छे मर्दा चैं ट्वाल्ल परेर हेर्ने ? गर्न सकिन्दैन , हिम्मत छैन भने खुरुक्क राजिनामा दिँदा हुन्छ । पद ओगटेर बस्ने हक छैन ।



Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget