Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

खोलाको झाडी धार्मीक क्षेत्रमा परिणत

मोरङ,६ बैशाख ः पहिले स्थानीय बुढी खोलाको झाडीले भरिएको क्षेत्र अहिले धामिक पर्यटकीय स्थलका रुपमा विकास भएको छ ।
मोरङको सुन्दरदुलारीमा राधेश्याम सेवा ट्रष्टको पहलमा श्री १०८ दीनबन्धु शास्त्री महाराजको पहलमा स्थानीयहरुको सहयोगमा अहिले सुन्दरदुलारीमा वृन्दावन गौशाला निर्माण भइरहेको हो ।
कृष्णलीला देखाएको पवित्र तीर्थस्थल वृन्दावन गौशालालाई सचित्र रुपमा जस्ताको त्यस्तै निर्माण गर्ने अभियान नयाँ वृन्दावन गौशालामा थालनी गरिएको हो । निर्माण भइरहेको वृन्दावन गौशालाले धामिक पर्यटकीय प्रबद्र्धन निर्माणका लागि प्रशस्त सम्भावना देखाएको छ ।
सात विघाको क्षेत्रफलमा निर्माण भईरहेको र नेपालकै ठूलो राधाकृष्णको मन्दिरको भुइँतलाको निर्माण कार्य सम्पन्न भएको छ । एक सय २९ फिट लम्बाइ ८६ फिट चौडाइको यो मन्दिर एक हजार तीस वर्ग मिटर क्षेत्र फलमा फैलिएको निर्माण समीतीले जनाएको छ ।
निर्माणा धिन वृन्दावन गौशालामा हाल १४ वटा गाई र बाच्छाबाच्छीसमेत संरक्षण गरिएको छ । नदी नियन्त्रणका लागि वृक्षारोपणका काम सकिएको स्थानीय हरी कार्कीले बताउनु भयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget