Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

खासमा महिनाबारी गडबडी के हो ?



कुनै पनि किशोरीहरुमा प्रजनन् क्षमता प्राप्त भएको संकेतअनुसार नियमित महिनाबारी सुरु हुने गर्छ । सामान्य अवस्थाको महिनाबारी २१ दिनदेखि ३५ दिनको बीचमा हुने गर्छ । यसरी नियमितरुपमा हुने महिनाबारी सामान्य अवस्थाभन्दा अगाडि–पछाडि हुनु र अधिक मात्रामा रगत बग्ने समस्या आएमा यसलाई महिनाबारी गड्बडी भएको मानिन्छ ।

वीर अस्पतालको परिवार नियोजन विभागमा कार्यरत् वरिष्ठ गाइनोकोलोजिस्ट डा. शान्ति जोशी फरक किशोरी तथा महिलाहरुको फरक कारणले महिनाबारी गड्बडी हुनसक्ने बताउनुहुन्छ । उहाँका अनुसार यसरी विभिन्न कारणले महिनाबारी नियमितरुपमै भए पनि अधिक मात्रामा रगत जाने र धेरै दिनसम्म रगत जाने समस्यालाई ‘मेनोरेजिया’ भनिन्छ ।wwwww

मेनोरेजिया कुनै एक कारणले मात्र हुँदैन । कुनै पनि महिलाको कलेजो, मुटुमा खराबी आएर उच्च रक्तचाप भएमा, थाइराइड ग्रन्थीले सामान्य अवस्थामा जसरी काम गर्न नसकेमा, साथै रक्तअल्पताको समस्या देखा परेमा र हेमोग्लोबिनको कमीले पनि रक्तसमस्या देखा पर्न सक्छ । त्यसैले धेरै दिनसम्म रगत बगेमा तुरुन्त सम्बन्धित विशेषज्ञसँग परामर्श लिनु आवश्यक छ । प्रसूतिगृहकी निर्देशक तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लता बज्राचार्य धेरै महिलामा महिनाबारी गड्बडी समस्या देखा परी अस्पताल आउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार समयभन्दा अगाडि नै रगत देखा पर्ने समस्याले ग्रसित भएका थुप्रै महिला परामर्शका लागि अस्पताल आउने गरेका छन् । यसरी समयअगाडि नै महिनाबारी हुने समस्यालाई ‘पोलिमेनोरिया’ भनिन्छ । यो समस्या विनाकारण नै देखा पर्ने गर्छ । यस्ता समस्या महिनाबारी सुक्न लागेका, गर्भपतन गराएका किशोरी एवम् सुत्केरी महिलाहरुमा बढी मात्रामा हुने गर्छ ।

पोलिमेनोरिया समस्या महिलाको पिट्युटरी ग्रन्थीले आवश्यकताभन्दा बढी मात्रामा हर्मोन उत्पादन गरेमा हुने गर्छ । पोलिमेनोरिया भएका महिलालाई हर्मोनकै कारणले समस्या भएको हुनाले हर्मोनयुक्त औषधि सेवन गर्नु आवश्यक हुन्छ । डा. बज्राचार्यका अनुसार कहिलेकाहीं महिलाको जनेन्द्रियको माथिल्लो भागको संक्रमणको कारण पनि महिनाबारी गड्बडी हुन सक्छ । यदि यसरी संक्रमणले महिनाबारी गड्बडी भएमा औषधि सेवन मात्र नभएर शल्यक्रिया गर्नुपर्ने अवस्थासमेत आउन सक्छ ।

त्यसैगरी अत्यधिक मोटोपना, मानसिक तनाव, अत्यधिक शारीरिक अभ्यास, पाठेघरको भित्री तहको क्षयरोग, इन्डोक्राइन ग्रन्थीमा गड्बडी हुनुका साथै पाठेघरको मुखमा मासु पलाएमा पनि महिनाबारी गड्बडी हुनसक्ने विज्ञहरुको भनाइ छ । यस्तो अवस्थाको महिनाबारी गड्बडीलाई ओलिगोमेनिया भनिन्छ ।

महिनाबारी गड्बडी भएका कतिपय महिलामा समयमा महिनाबारी त हुने तर रगत नबग्ने, हल्का संकेत मात्र देखा पर्ने समस्या भएको पाइन्छ । यस्तो प्रकारको महिनाबारी गड्बडी थाइराइड ग्रन्थीको गडबडी, कुपोषण भएमा, महिनाबारी सुक्ने बेलामा, पिल्स चक्कीको अधिक प्रयोगले देखा पर्न सक्छ । जसलाई हाइपोमेनोरिया भन्ने गरिन्छ ।

सामान्य अवस्थामा मात्र नभएर कतिपय महिलाको पाठेघरमा मासु पलाएर बढ्दै गएपछि पाठेघरको क्यान्सर हुनाले पनि महिनाबारी गडबडी देखा पर्छ । त्यसैले सामान्य अवस्थाबाट तल–माथि हुनासाथ सम्बन्धित विज्ञको परामर्श लिनु जरुरी हुन्छ । सामान्य हेलचत्र्याइँले जटिल समस्या उत्पन्न हुनसक्ने र ज्यानसमेत जाने हुनाले समयमै उपचार गराइ स्वस्थ जीवनयापन गर्नु उचित हुन्छ ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget