Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सत्ताको खेलमा प्रचण्डले आन्दोलन तुहाए :- अध्यक्ष यादव

२८ चैत :-मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताको खेलमा एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आन्दोलन तुहाएको आरोप लगाउनु भएको छ ।

आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै यादवले सत्ताका लागि प्रचण्डले विचमै आन्दोलन तुहाएको आरोप लगाउनु भएको हो । उहाँले आन्दोलन बिचमै छाडेर मधेशी तथा आदीवासी जनतालाई धोका दिएको आरोप लगाउनुभयो ।
आन्दोलनको गती बढ्दै गएका अबस्थामा सत्ताको लोभमा परेर आन्दोलन तुहाउनु गम्भीर षड्यन्त्र भएको उहाँको आरोप छ । प्रचण्डको व्यवहार र वोलीमा एक रुपता नभएका कारण आन्दोलन स्थगित गरेर ३० दलिय र्मोचाले जनताको विश्वास गुमाएको यादवको दावी छ ।
अध्यक्ष यादवले सवैको भावनालाइ समेट्ने संविधान बनाउन र्मोचा भित्रपनी अर्को नया र्मोचा जन्मने सक्ने बताउनुभयो । अध्यक्ष यादवले आन्दोलनलाइ गन्तव्यमा पु¥याउनपनी मधेशी , आदीवासी , जनजाती सम्मिलित क्रान्तिकारी र्मोचाको गठन आवश्यक रहेको बताउनुभयो । उहाले अध्यक्ष दाहालको व्यवहारको कारण अर्को मोर्चा जन्मने उहाँको खुलासा छ ।
प्रचण्डलाई हामिले ठुलो विश्वास गरेका थियौ यादवले भन्नुभयो, अव अध्यक्ष दाहालले कुन लाइन लिनु हुन्छ त्यो समिक्षा गरेरमात्र ३० दलिय र्मोचामा वस्ने नवस्ने पार्टीले निणर्य लिन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget