Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बिहान उठने बित्तिकै खाली पेटमा चार गिलास पानी पिउनु स्वास्थ्यका लागि निकै नै लाभदाय

हेल्थ टिप्स
drinking water
पानी विना जीवनको परिकल्पना पनि गर्न सकिदैन । हरेक प्राणीलाई बाच्नका लागि पानी अनिवार्य वस्तु हो । तर हामीले पानीलाई निकै कम महत्व दिइरहेका हुन्छाँै, जसले गर्दा मानिस विभिन्न किसिमका रोगव्याधिबाट ग्रसित बन्नपुग्छन् । स्वच्छ पानीको नियमित सेवनले हाम्रो शरीरमा औषधिको समेत काम गर्छ । आयुर्वेद र आधुनिक चिकित्साले समेत खाली पेट पानी खानाले फाइदा हुने बताउँछ ।
बिहान उठने बित्तिकै कम्तिमा पनि चार गिलास अर्थात एक लिटर पानी पिउनु स्वास्थ्यका लागि निकै नै लाभदाय हुन्छ । खाली पेटमा पानी पिउनाले पाचन प्रक्रियालाई नियमित गर्छ भने अन्य कैयौँ विमारीका लागि समेत यसले फाइदा पुर्याउँछ ।
बिहानै उठेर खाली पेट पानी पिउने प्रक्रियालाई वाटर थेरापी ट्रिटमेन्ट भनिन्छ । पानी पिएको एक घण्टा पहिला र एक घण्टा पछिसम्म केही पनि खान नहुने चिकित्सकहरु बताउँछन् । अझ ठोस खानेकुरा त भुलेर पनि खान नहुने चिकित्सकहरुको धारणा रहेको छ । प्रत्येक दिन बिहान उठेर एक लिटर पानी पिउन गाह्रो पनि हुनसक्छ । तर विस्तारै विस्तारै यसलाई बानीका रुपमा बिकास गर्न सकेमा यसले मानिसको स्वास्थ्यलाई तन्दुरुष्ट र स्वस्थ बनाउन मद्दत पुर्याउँछ ।
नियमित वाटर ट्रिटमेन्ट गर्नाले टाउको दुख्ने, शरीरको दुखाई, मुटुको गति वृद्धि भएमा, ब्रोंकाइटिस, क्षयरोग, मृगौला र पिसाबसम्बन्धि रोगलाई नियन्त्रण गर्ने काम गर्छ । त्यस्तै ग्याष्ट्रिक समस्या, पखाला, बवासीर, मधुमेह, कब्जियत, आँखा सम्बन्धि रोग, अनियमित रजस्वला लगाएतका विमारीका लागि समेत खाली पेट गरिने वाटर ट्रिटमेन्टले निकै सहयोग पुर्याउँछ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget