
आज योगलाई विभिन्न तरिकाले अपनाएको पाइन्छ । आज भन्दा केहि दशक अगाडि योगलाई धेरैले साधना पद्धतिको रुपमा जान्दथे र योगलाई साधु सन्त तथा केहि दाडि कपाल पालेका ले मात्र अपनाउने भन्ने धारणा थियो तर आज गुफा, कन्दरा, जंगल, आश्रममा मात्र योग सिमित नभई राष्ट्रपति, प्रधान मन्त्रि तथा मन्त्रिहरुका क्वाटर र धनाढ्य र संभ्रान्त घर देखि लिएर गरिबका घर घरमा समेत योगले लोकप्रियता पाएको हामी प्रष्ट देख्छौं । योग आज साधनाको दृष्टिका अलावा स्वास्थ्य रक्षा गर्ने तथा रोगको रोगोपचार गर्ने चिकित्सा पद्धतिको रुपमा समेत अत्यन्त सफल पद्धतिको रुपमा चिनिएको छ । आज सम्पुर्ण विश्वमा योग द्वारा असाध्य रोगको समेत सफलता पुर्वक उपचार गरिएको छ जुन मनुष्य जगतलाई ठूलो बरदान सावित भएको छ ।
मनुष्य शरीर ईश्वरको सर्वोत्तम कृति हो । यो शरीर स्वस्थ वा अस्वस्थ गराउने हामी नै हौं । हामी नै यसमा जिम्मेवार छौ । शरिरलाई कस्तो खाना दिने कस्तो ब्यायाम वा विश्राम दिने स्वस्थ वा अस्वस्थ विचार राख्ने यो निर्देशन शरिरलाई हामी नै दिन्छौं । विचरा यो निर्दोश शरिरको के गल्ति ? हामी जन्मिदा ईश्वरले स्वस्थ शरिर दिनुहुन्छ तर हामी जानि नजानी आहार बिहार तथा बिचार विकृत गराउँछौ फलस्वरुप शरिर रोगी हुन्छ । योग एक समग्र जीवन दर्शन हो जसको पालनले मानिसलाई शारीरिक, मानसिक, आध्यात्मिक तथा सामाजीक दृष्टिले स्वस्थ बनाउँछ । आजको खानपान तथा जीवनशैलिका कारण शारीरिक तथा मानसिक रोगले बिकराल रुप लिएको छ । मेडिकल साइन्सले मात्र यो सवै समस्याको समाधान गर्न समर्थ देखिएको छैन । आधुनिक चिकित्सा पद्धति निस्चय नै मानिसको मृत्युदर घटाउन, आयु सिमा बढाउन तथा रोगको पहिचान (डाईग्नोसिस) गर्न सफल भएता पनि आजको धेरै रोग जस्तै तनाब, डीप्रेसन, अनिद्रा, मुटुरोग, ब्लड प्रेसर, सुगर, मोटोपना, ग्यास, कब्ज, दम जस्ता समस्याको भने खास ठोस उपचार गर्न समर्थ नभएकोे देखिन्छ । यसको लागि योग तथा आयुर्वेद नै सम्यक मार्ग हुन सक्छ । योग र आयुर्वेद को अनुसार स्वास्थ्य जीवन को रहस्य जान्नु नै चिकित्सा विज्ञान हो । यसको अर्थ योग तथा आयुर्वेद ले हरेक व्यक्ति को स्वास्थ्य चेतनालाइ जगाउँदै घर घरमा डाक्टर जन्माउने प्रयत्न गर्छ । जसले मनुष्य जगतलाई सहि मानेमा स्वास्थ्य प्रदान गर्न सक्छ । वर्तमान समयमा मनुष्यमा उत्पन्न तनावको कारण मनोकायिक प्रभाव द्वारा शरीरका सवै अंग प्रभावित छन् । जसको कारण रोगको महामारी बढेको छ । तनाव जन्य समस्याले विशेषतः रक्त संचार, श्वास प्रश्वास तथा सम्पुर्ण स्नायु प्रणली लाई प्रभाव पार्ने हुँदा समस्या जटिल बन्दै गएको छ । यहि तनाव जन्य समस्याका कारण आज विश्वमा नसर्ने खालका रोगहरु अधिक बढेका छन् । यसको लागि हाम्रो जीवन शैलिलाई योग संग जोडनु तथा योगलाई अभिन्न अंग गराउनु आवश्यक देखिन्छ । विश्व स्वास्थ्य संगठनको सन् २०११ को आकडा हेर्दा वर्षेनि ३ करोड ६० लाख मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । नेपालमा पनि ५१ प्रतिशत मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । यसको मुलकारण जीवनशैलि नै हो ।
योग तथा आयुर्वेदले हाम्रो जीवनशैलि लाई परिवर्तन गरि स्वस्थ जीवनशैलि तर्फ लैजाने छ । योगमा वर्णीत यम, नियम, आसन, प्रणायाम ले शारीरिक रोग बाट बचाउँछ भने भने प्रत्याहार, धारण तथा ध्यानले मानसिक दुवर्लता नष्ट गरि मानसिक र आध्यात्मिक स्वास्थ्य दिन्छ । बस्ति, नेति, नौलि, धौति, त्राटक तथा कपालभाँतिका षटकर्मको अभ्यासले शरिरका विकार नष्ट गरि दिन्छ । संसारमा दुई मार्ग छन् एउटा श्रेय मार्ग र अर्को प्रिय मार्ग श्रेय मार्ग जुन मार्ग ले हाम्रो जीवनलाई श्रेष्ठतम बनाउँछ र परिणाम हितकर हुन्छ । प्रिय मार्ग हामीलाई प्रिय लाग्न सक्छ तर जसको परिणाम दुखदायी हुन्छ । श्रेय मार्गमा चल्न केहि गाह्रो अनुभव हुन्छ तर यसको निरन्तर अभ्यास गर्नाले यो आदतको रुपमा परिणत हुनेछ र दिर्घकालिन लाभ दिनेछ । योग पनि श्रेय मार्ग हो यसको अभ्यास को सुरुका दिनमा केहि अप्ठेरो लाग्ला तर यसको निरन्तर अभ्यासले स्वास्थ, आनन्द र दिर्घजीवि बनाउँछ । हाम्रो आँखाको गाजल लाई आँखाले देख्न सक्तैन त्यसको लागि सफा दर्पणको आवश्यकता पर्छ त्यस्तै हामी भित्र भएका अनन्त आनन्द, शक्ति, सामथ्र्यलाई जान्न, हाम्रो जीवन लाई जान्न र आफूलाई चिन्न योग रुपि दर्पणले स्पष्ट गराउँनेछ । योगले मन तथा इन्द्रियको निग्रह गरि मानसिक सन्तापलाई नष्ट गरिदिन्छ । योग बाहेकका अन्य व्यायामले उमेर ढल्किदँै जाँदा स्वास्थ्यमा समस्या तथा लचिलो पन समाप्त हुनसक्छ तर योगको अभ्यास हामी जीवनको अन्तिम क्षण सम्म पनि गर्न सक्छौं । अतः योगरुपि पवित्र साधना हरेक घर घरमा पु¥याई स्वस्थ समाज निर्माणमा सहयोग पु¥याउँछ । योग आफंैमा लाभकारी छ तर यसको सहि जानकारी नहुँदा यसले नोक्सान पनि पुयाउन सक्छ त्यसैले कुनै सामान्य देखेको भरमा तथा सुनेको भरमा मात्र अभ्यास नगरि सक्षम गुरुको अधिनमा योग गर्नु उत्तम हुन्छ ।
Post a Comment