
उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले शुक्रबार विज्ञप्ति जारी गरी ३० दलको आन्दोलनपति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
प्रमुख दलहरुबीच संविधानका अन्तरवस्तुमा सहमतिको विकल्प नभएको भन्दै उनले पछिल्ला दिनहरमा सहमतिको प्रयास पनि भइरहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ-‘यस्तो समयमा लाठी जुलुस, मसाल जुलुस, सरकारी कार्यालय घरेरा, तीनदिनसम्म आमहड्ताल जस्ता विरोधका कार्यक्रम गर्नाले मुलुकको शान्ति र व्यवस्थामा गम्भीर समस्या पर्ने निश्चित छ ।’
शान्तिसुरक्षा कायम गर्नु पर्ने दायित्वबाट राज्य पन्छिन नमिल्ने गौतमले प्रष्ट पारेका छन् । साथै आन्दोलनले दलहरबीच दुरी बढ्ने र मुलुकलाई प्रतिगमनतिर धकेल्न खोज्ने तत्वहरलाई नै फाइदा पुग्ने गृहमन्त्रीले बताएका छन् ।
Post a Comment