Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपाललाई उद्योग प्रधान देश बनाउने सबै युवाहरुको दायित्व : उधोग मन्त्री बस्नेत

वैशाख ५
कमला अर्याल/ देवदह
नेपाललाई उद्योग प्रधान देश बनाउने सबै युवाहरुको दायित्व भएको उधोग मन्त्री महेश बस्नेतले बताउनु भएको छ । उहाँले प्राविधिक शिक्षा विना देशको विकास असम्भव रहेकोमा जोड दिनु भयो । मन्त्री बस्नेतले पुराना औधोगिक व्यवसाय ऐनलाई हटाएर नया औधोगिक व्यवसाय ऐन ल्याउनु पर्ने बताउनु भयो । देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न देवदह विकास कोषको निर्माण गर्नु पर्ने बताउनु भयो । देवदह व्यापार संघको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्बोध गर्दै मन्त्री बस्नेतले उक्त कुरा बताउनु भएको हो । नेपालमा सुख, शान्ति र सम्बृद्धि ल्याउने लक्ष्यका साथ राज्य लागि रहेको उहाले उल्लेख गर्नु भयो । मन्त्री बस्नेतले साना तथा घरेल’ उद्योग निशुल्क दर्ताहुने बताउनु हुदै सरकारले ५ बर्ष सम्म आयकर नलिने बताउनु भयो । मन्त्री बस्नेतले आगामी पुष ९ गते देखि नेपालमा उद्योग दिवस मनाउने जानकारी गराउनु भएको थियो । त्यस्तै संविधान सभाका सदस्य अब्दुल रज्जाकले देवदहमा व्यापारीक विकास लागि व्यवसायीक भवन बनाउन राज्य संग जग्गा उपलब्ध गराउन माग गर्नु भयो । जस्तो किसिमले देवदह क्षेत्रको उत्खन्न हुनु पर्ने हो त्यस्तो किसिमले उत्खन्न नभएको बताउनुभयो । सभासद रज्जाकले किसानलाई कृषि क्षेत्रमा आत्म निर्भर बनाउन सकिएमा देशमा आर्थिक क्षेत्रको विकास तिब्र गतिमा हुनेमा जोड दिनु भयो ।

अर्का वक्ता नेकपा एमालेका पोलिट व्युरो सदस्य छविलाल विश्वकर्माले देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न राजनैतिक दलहरुले सहकार्य गर्नु पर्ने बताउनु भयो । उहाले नेपाललाई धेरै दिन सम्म अनिर्णयको बन्दि बनाउन नसकिने बताउनु भयो । नेता विश्वकर्माले जनताका समस्या समाधान गर्न नेकपा एमाले प्रतिवद्ध रहेकोमा जोड दिनु भयो । संघका अध्यक्ष कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद घिमिरे, नेकपा एमाले रुपन्देहीका जिल्ला कमिटी अध्यक्ष भोजप्रसाद श्रेष्ठ, रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष मोती पाण्डे, देवदह आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष ध्रुव खरेल, नेपाल भारत मैंत्री संघ पश्चिमाञ्चलका उपाध्यक्ष्य बासुदेव रिमाल, एनेकपा माओवादी देवदहका अध्यक्ष कृष्ण ढकाल, तिलोत्तमा व्यापार संघका झविन्द्रप्रसाद पराजुली, सैनामैना व्यापार संघका अध्यक्ष रामेश्वर पौडेल, उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष्ँ गोपाल प्रसाद ढकाल, उधोग व्यापार संगठन देवदहका अध्यक्ष गोविन्द ठड्राई, देवदह उपस्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारी, कोलीय क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश अर्याल लगायतले बोल्नु भएको थियो । संघका प्रथम उपाध्यक्ष्य ठाकुरप्रसाद गौतमको स्वागत र महासचिव माधव ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । संघका सदस्य ईश्वरी प्रसाद न्यौपानेलाई उहाको घरमा चोरी परेकाले कार्यक्रममा राहत स्वरुप ५ हजार प्रदान गरिएको थियो । त्यस्तै संघका ज्येष्ठ व्यवसायी लिलाधर शर्मा र कनिष्ठ व्यवसायी निशान अधिकारीलाई सम्मान गरिएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget