Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

उत्तर कोरियाविरुद्ध एक हुँदै, युद्धको स्थिति बन्यो

एजेन्सी, चैत ३१
उत्तर कोरियाविरुद्ध कुनै पनि किसिमको आक्रमण गर्नुअघि अमेरिकाले आफूसँग सल्लाह गर्ने दक्षिण कोरियाले बिहीबार बताएको छ । उता चीनले भने उत्तरलाई थप सुरक्षा चाहिने भए आणविक कार्यक्रम बन्द गर्न आग्रह गरेको छ ।
अमेरिकाको क्षेप्यास्त्रवाहक जहाज कोरियाली प्रायद्वीपमा घुमिरहेको अवस्थामा उत्तरले छैठौं आणविक परीक्षण गर्न लागेको र अझै धेरै क्षेप्यास्त्र प्रहार गर्न सक्ने चिन्ता व्यक्त गरिएको छ । अमेरिका र उत्तर कोरियाका बीचको तनाव बढेपछि चीनले शान्तिपूर्ण समाधानको आह्वान गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्रका रूपमा रहेको ग्लोबल टाइम्सको सम्पादकीयमा उत्तर कोरिया र उसका सर्वोच्च नेता किम जोङ–उनले आणविक कार्यक्रम बन्द गर्नुपर्ने लेखेको छ । जापानी प्रधानमन्त्री शिन्जो अबेले देशको संसदमा बोल्दै प्योङयाङसँग विषालु सरिन ग्यासले भरिएका क्षेप्यास्त्र प्रहार गर्ने क्षमता भएको बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका उत्तेजक क्रियाकलापलाई नसहने बताइरहँदा अमेरिकी अधिकारीहरू चाहिँ ऊविरुद्ध थप कडा आर्थिक प्रतिबन्ध लगाउनमा जोड दिइएको बताउँछन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget