Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

‘काउसो‘ चलचित्रको मुहर्त |

काठमाडौ । अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुती चलचित्र ‘काउसो‘ शुकबार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त सम्पन्न भयो । सविन श्रेष्ठ, पुष्कर राउत, सुरेन्द्र चापागाई लगायतका कलाकारले मुहूर्त सर्ट दिएका थिए ।
                 उत्त कार्यक्रममा पत्रकारव्दय सानुकाजी श्रेष्ठ क्ल्याप र  राजन घिमिरेले नरिवल फुटाएका थिए भने प्रदिप तिन्सिनाले निर्देशन गरेका थिए । मदन घिमिरेको २६ औं निर्देशनको चलचित्र हो यो । मदन घिमिरेले कार्यक्रममा बोल्दै भने आम मानिसको चाहाना एक पछि अर्को हुन्छ । गाउमा हलो जोतेर बसेको मान्छेलाई शहर पस्न मन लाग्छ पैसा भएको मान्छेलाई क ेके गर्ने चाहाना हून्छ । मान्छको मनमा जुन मनमा कौतुहल्ता हुन्छ त्यसैलाई पर्दामा उतार्न लागीएको बताए । यो चलचित्र कमेडी बेसको हुने नि उत्त कार्यक्रममा खुलाए ।  डिजाईनर सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व नायक, निर्माता राजेन्द्र वस्नेतले गरेका थिए ।
             यही १५ गतेबाट छायाँकन थालिने निर्माण पक्षले बताएको छ ।  ‘काउसो‘मा सविन श्रेष्ठ, अर्जुन गुरुङ, सनि भट्टराई, शान्ताकारम थापा, सुरेन्द्र चापागाई, पुष्कर राउत, रोहिणी मिश्र, रामचन्द्र अधिकारी, रामभक्त श्रेष्ठ, उग्रशेन ढुंगाना, नविन आचार्य, गौतम भण्डारी, अनु पराजुली आदिको अभिनय रहनेछ । ‘काउसो‘का प्रस्तुतकर्ता अर्नभ वस्नेत हुन भने निर्माता भगवान खत्री, पटकथा, सम्वाद भोजराज देवकोटा, संगीत विकास चौधरी, नृत्य हरिष खनाल, छायाँकन रामेश्वार हुमागाई, प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकी रहेका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget