Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

'स्वास्थ्य र समृद्ध राष्ट्र निमार्णका लागी घर-घरबाट योग अभियान शुरु गर्नुपर्छ'


माघ १, विराटनगर | स्वास्थ्य र समृद्ध राष्ट्र निमार्णका लागी घर-घरबाट योग अभियान शुरु गर्नुपर्ने विराटनगरमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । राष्ट्रिय योग दिवसको अवसरमा विराटनगरमा आज विहान आयोजित कार्यक्रमका सहभागीहरुले शारिरिक तथा मानसिक रुपमा स्वस्थ्य बनाउपनी योग आवश्यक रहेको सहभागीहरुले जोड दिएका हुन् । 
पतन्जली योग शिविर तथा महिला पतन्जली योग शिविर मोरङको सयुक्त आयोजनामा भएको योग शिक्षकहरुको पुर्नताजगी तालिम समापन कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन । मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोईरालाले हामी भित्र रहेको उर्जालाई योगको माध्यमवाट वाहिर निकाल्न सके जिवन स्वस्थ्य रहने वताउनुभयो ।
प्यावसन मोरङका अध्यक्ष वासुदेव न्यौपानले मानिस स्वस्थ्य रहेमा मात्र समाज स्वस्थ्य रहने बताउदै योग आवश्यक रहेको वताउनुभयो कार्यक्रमा वोल्दै पतन्जली योग शिविरका कोशी अन्चल संयोजक प्रेम सोनीले प्रतेक एकजनाले ३० जना योग प्रशिक्षक तयार पार्नुपर्नेमा जोड दिनुभयो ।पतन्जली योग शिविरका जिल्ला अध्यक्ष हरीवावु दाहाल, महिला पतन्जली योगशिविर अध्यक्ष सोभा कोइराला तथा माहासचिव दिनाप्रसाद मण्डलले मानव जिवनमा योगको महत्व वारे चर्चा गर्नु भएको थियो । १५ दिने पुर्नताजगी तालिममा १ सय ३ जना योग प्रशिक्षकको सहभागिता रहेको थियो ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget