Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

औद्योगिक ग्राम स्थापनाका लागि स्थलगत अध्ययन



खोटाङ, २६  मंसिर । औद्योगिक ग्राम स्थापनाका लागि स्थलगत अध्ययन सुरु गरिएको छ । विभिन्न स्थानमा छरिएर रहेका घरेलु तथा साना उद्योगलाई एउटै थलोमा ल्याएर एकीकृत रुपमा सञ्चालन गर्ने उद्देश्यले स्थापना गर्न लागिएको औद्योगिक ग्रामका लागि स्थलगत अध्ययन सुरु गरिएको हो । औद्योगिकग्रामका लागि आवश्यक पर्ने जग्गा, पानी, विद्युत र सहरीकरणको सम्भावनाका विषयमा अध्ययन थालिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ खोटाङका अध्यक्ष रामबहादुर राईले बताउनुभयो ।नेपाल सरकारको लगानीमा स्थापना गर्न लागिएको औद्योगिक ग्रामका लागि दिक्तेल नगरपालिकाको वात्तल र तालखर्क तथा पाथेका गाविसको ठूलोबारी आसपासको सम्भाव्यता अध्ययन गरिएको छ । पिकासो कन्सलटेन्सी प्रालि काठमाडौँका इ मण्डु अधिकारीसहितको टोलीले गरेको स्थलगत अध्ययनको प्रतिवेदन कार्यालयमार्फत उद्योग मन्त्रालयमा पठाइने घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय खोटाङका निमित्त प्रमुख दिनेशकुमार राईले जानकारी दिनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget